२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा ड्रोन आक्रमण: भोलीदेखिनै विश्वबजारमा तेलको मूल्य बढ्न सक्ने

२०७६, २९ भाद्र आईतवार ०९:०७

भदौ २९, काठमाडौँ (एजेन्सी) | साउदी अरबका दुई ठूला तेल उत्पादन र प्रशोधन गर्ने प्लान्टमा शनिबार ड्रोन आक्रमण भएपछी विश्व बजारमा तेलको मूल्य बढ्न सक्ने बिबिसीले विश्लेषण गरेको छ । साउदीले यसअघिको भन्दा आधामात्र तेल उत्पादन गर्ने भएपछि सोमबारदेखि विश्वबजारमा तेलको मूल्य बढ्नसक्ने उसको विश्लेषण छ । 

यमनको हुथी विद्रोही समूहले जिम्मेवारी लिएको साउदीमाथिको ड्रोन आक्रमणपछि संसारको सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्येको एक साउदी अरबले आफ्नो उत्पादन आधा घटाएको छ । १० वटा ड्रोन प्रयोग गरी गरिएको उक्त आक्रमणबाट सरकारी स्वामित्वको अराम्को कम्पनीका अब्क्वाइक र खुराइस प्लान्टमा क्षति पुगेको छ ।


साउदीका उर्जामन्त्री राजकुमार अब्दुलाजिज बिन सलमानले अब दैनिक ५७ लाख ब्यारेलमात्र कच्चा तेल उत्पादन हुने जानकारी दिएका छन् । साउदीले दैनिक झन्डै एक करोड ब्यारेल कच्चा तेल उत्पादन गर्थ्यो । विश्वबजारको  झन्डै १० प्रतिशत कच्चा तेल साउदीले उत्पादन गर्छ । आक्रमणपछि ती दुई प्लान्टमा आगो लागेको छ भने काम रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण