2026-07-26 06:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोडल हन्ट नेपालको विजेता भए सुदिप र कुशिका

भदौ २९, काठमाडौं । ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को शिर्ष उपाधि सुदिप वस्ती र कुशिका प्रसाइले जितेका छन् । पाल्पा रामपुरका २३ बर्षिय वस्तीले २९ प्रतियोगीलाई पछि पार्दै पुरुष तर्फ र काठमाडौ कपनकी १८ बर्षिया कुशिकाले २६ प्रतियोगीलाई पछि पार्दै युवती तर्फको उपाधि चुमेका हुन् । 

शनिबार साँझ होटल सोल्टीको प्रेक्षालयमा आयोजित कार्यक्रममा शिर्ष विजेता दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड,  मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्ताराष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

साजसज्जा सहित भब्य रुपमा निर्माण गरिएको रनवेमा फेसनमय बातावरणमा आयोजित प्रतियोगीतामा सम्सद शाह, ख्याति शर्मा फस्टरनर अप र अमन शाह, एलिना भुजु सेकेन्ड रनर अप घोषित भए ।

नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने  प्रतियोगिताको रुपमा स्थापित मोडल हन्ट नेपालको यो पाँचौ संस्करण हो । यो संस्करणसम्म आउदा प्रतियोगिताको प्रस्तुतिकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफु सफल भएकोमा आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले खुशी व्यक्त गरे ।

परमिता राणा (अभिनेत्री मोडल), उषा खड्गी (पुर्व मिस नेपाल), सृजना रेग्मी (मोडल नायिका), दलजित सुदान (अन्तराष्ट्रिय फेसन डिजाइनर), अभिमन्यु सिंह तमोर ( अन्तराष्ट्रिय फेसन कोरियोग्राफर) निर्णायक रहेको प्रतियोगिता फेसन शो शैलीमा संचालन गरिएको थियो ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

मोडलिङ क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र विस्तारित गर्नका लागि मोडल हन्ट नेपालले महत्वपूर्ण योगदान दिने उनको भनाई रहेको थियो । 

प्रतियोगितामा दिविस सिंखडा, सम्झना रावत बेनिलि मोष्टइस्टाइलिस, रुपेश दहाल, ख्याति शर्मा गल्जब्युटी पार्लर वेष्टपर्सनालिटी, सम्सद शाह र कुशिका प्रसाई फ्लाइटेक वेष्टवाक, अनिल लिम्बु, सिमोना भट्टराई ओखती मिष्टर एण्ड मिस मल्टिमिडिया, केल्भिन कायस्था, विभुसी उपध्याय इविजा पब्लिकच्वाइस्, अमन शाह र विभुती उपाध्याय अयत्ना सोसियल्ली रेस्पोन्सिभल, सुदिप वस्ती, एलिना भुजु निस्चल फोटोग्राफी मोष्ट फोटोजेनिक विजेता बने ।

त्यस्तै हृतिका श्रेष्ठ र कुसुम रसाइली लुक्सकाट मोष्टपपुलर, केल्भिन कायस्था, प्रतिष्ठा थापा क्षेत्री नेस्ट मोडल नेपाल अर्गनाइजर्स चोइस, सुदिप वस्ती र प्रतिष्ठा थापा क्षेत्री सम्भाला वेष्ट फिजिक र फिगर विजेता चयन भएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ