२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रणनीति बदल्दैछन् विप्लव

३० भाद्र २०७६, सोमबार ०२:४०

भदौ ३०, काठमाडौँ । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

सरकारले आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्ने र गलाएर पार्टीसमेत छाड्ने परिस्थितिमा पुर्याएपछि चन्द नेतृत्वको नेकपाले रणनीति बदल्दै वार्ताका लागि सकारात्मक हुने संकेत गरेको हो ।

प्रतिबन्धपछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको ‘विप्लव’ समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रूपमा गतिविधि सञ्चालन गर्दै आएको छ ।

विप्लव नेतृत्वको नेकपाका उच्च तहका एक नेताले पार्टीभित्र वार्ताका लागि छलफल भइरहेको र सरकार नै पहिले सकारात्मक हुनुपर्ने बताए । ‘वार्ता नै नगर्ने भन्ने त होइन, पार्टीभित्र छलफल भइरहेका छन् । सरकार वार्ताका लागि सकारात्मक रूपमा तयार भए हुन सक्छ,’ ती नेताले भने ।

महासचिव विप्लवले  समेत  केही दिनअघि एक अन्तर्वार्ताका क्रममा आफू वार्ताको निरपेक्ष विरोधी नभएको बताएका थिए । तर, सरकारले विगतमा वार्ताको हल्ला मात्रै फिँजाएको र सरकारतर्फकै केही व्यक्ति अहिले पनि वार्ता विरोधी रहेको उनले भनेका छन् ।

‘जनताका एजेन्डामा बहस गर्न हामी सधैं खुला छौं तर वार्ता देश र जनताका विषयमा केन्द्रित हुनुपर्दछ,’ विप्लवले भनेका छन् । 

- आजको राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन