2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

काठमाडौंमा ‘रामेछाप कप फुटसल प्रतियोगिता’ हुने

भदौ ३०, काठमाडौं । रामेछाप–काठमाडौं पत्रकार समाजले काठमाडौंमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछापबाट काठमाडौंमा आई विभिन्न पेशा/व्यवसायमा संलग्न तथा संघ संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी असोज ४ गते शनिबार ‘रामेछाप कप फुटसल प्रतियोगिता’ गर्न लागेको समाजमा महासचिव दीपेन्द्र गुरुङले जानकारी दिए ।

उनका अनुसार शान्तिनगर फुटसल मैदानमा हुने प्रतियोगितामा रामेछाप जिल्लाका व्यक्तिगत एवं संस्थागत रुपमा क्लब, राजनीतिक दल,विद्यार्थी संगठन लगाएतले टीम दर्ता गरी सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा १० जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमश : २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार रहेको रामेछाप–काठमाडौं पत्रकार समाजका सचिव प्रज्वल पौडेलले जानकारी दिए । प्रतियोगी टीमले भदौ ३१ गतेभित्र टीम दर्ता गरिसक्नुपर्ने उनले बताए ।  पौडेलले भने, ‘जिल्लाबासीबीच आपसी सद्भाव, एकता एवम् मनोरञ्जन गराउने उद्देश्यले खेल आयोजना गर्न लागिएको हो।’

रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो । संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई