२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काखीमुनिको भाग कालो छ ? तपाइँको भान्सामै छ यसको उपचार

३१ भाद्र २०७६, मंगलवार १०:१०

सास (टिप्स) | कयौं महिलाहरु आफ्नो काँखीमुनिको कालोपनको कारणले हाफ टि-सर्ट वा काँखीमुनिको भाग देखाएर हिड्न मन गर्दैनन् । काँखीमुनिको भागलाई अंग्रेजीमा अंडरआर्म्स वा आर्मपिट पनि भनिन्छ । कसै-कसैको अंडरआर्म्स बच्चादेखिनै कालो हुन्छ भने कसैको उमेर बढ्दै जाँदा कालो हुँदै जान्छ । 

माथिको समस्याबाट छुटकारा पाउनको लागि कयौं महिलाहरुले केमिकलयुक्त क्रीम लगाउने गर्दछ जुन हाम्रो छालालाई घातक सावित पनि हुन सक्छ, तर तपाईलाई हामीले घरेलु सामानकै उपयोगबाट यस समस्याको समाधान गर्ने तरिका सिकाउदैछौं । 

काक्रो पनि कालोपन टाढा गर्ने एक घरेलु बिधि हो । अंडरआर्म्सको कालोपन हटाउन काक्रोको रस लगाएर आधा घण्टाको लागि छोड्नुस् । त्यस पछी पानीले धुनुस । 


त्यस्तै अंडरआर्म्स कालो हुनबाट रोक्न वा कालो हटाउन आलू अर्को एक प्राकृतिक उपाय हो । दैनिक नुहाउनु अघि आलूको केहि टुक्रा काटेर अंडरआर्म्समा दल्नुस । यसो गर्नाले कालोपन टाढा भाग्छ । यदी तपाइँ अन्डरआर्म्समा रहेको नचाहिदो रौँ हटाउन चाहनुहुन्छ भने रौँ काट्नुको सट्टा रौँ हटाउन पार्लर गएर वाक्स गर्न सक्नुहुन्छ । यसले तपाइको छालामा आएको रौँ छालाको भीत्रदेखिनै उखेलिन्छ साथै डेड-सेल्स पनि हट्छ र तपाइको छाला सफा बन्छ ।


अंडरआर्म्सको कालो पन हटाउनको लागि बेसन, कागती र मह फिटेर प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि दुई चम्चा बेसन लिनुहोस् र त्यसमा थोरै कागतीको रस र एक चम्चा मह मिसाएर पेस्ट बनाउनुहोस् । तयार भएको पेष्टलाई आफ्नो अंडरआर्म्समा लगाउनुहोस् र १० मिनेटसम्म छाड्नुहोस् । त्यसपछि तातो पानीले धुनुहोस् । हप्तामा एक पटक त्यसरी धुनाले तपाइको अंडरआर्म्सको  छालामा सुधार आउनेछ । 


अंडरआर्म्सको कालोपन हटाउनको लागि थोरै-थोरै दूधमा बेकिङ सोडा हालेर राम्ररी घोल्नुपर्छ र त्यसलाई अंडरआर्म्समा लगाउनुहोस् र आधा घण्टापछि धुनुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै