Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १, काठमाडौँ | नेपालगन्ज विमानस्थलमा उड्डयानमन्त्री योगेश भट्टर्रामाथि दुव्र्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै  कानुन आकर्षित हुन्छ या हुँदैन ?’ भन्ने चासो धरैले राखेका छन् ।

उनीहरुले भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टसहित दुई जनालाई सिल्क एयरले जहाजबाट निकालेको घटनालाई पनि सम्झिएका छन् ।

कम्तिमा तीन तहको सुरक्षा घेराभित्र रहेने वायुयानभित्र वा बाहिर सुरक्षा व्यवस्था बिगार्नेहरुका लागि २०१५ सालमा ल्याइएको सैरसैनिक हवाई उडान आकर्षित हुने गरेको छ । ‘यो ऐन पर्याप्त छैन तर सबैभन्दा धेरै आकर्षित हुने ऐनमा यही छ,’ नागरिक उड्डयान प्राधिकरणमा महानिर्देशक राजन पोखरेलले भने । यो ऐनले उडानमा रहेको जहाजभित्र हुन सक्ने हिंसात्मक गतिविधि, गैरकानुनी कब्जा, अपहरण र जहाज नष्ट आगजनीलगायतका अपराधलाई समेटेको छ । जहाजभित्र कुनै यात्रु वा कर्मचारीलाई दुव्र्यवहार वा मदिरा सेवन गरिएका विषयमा भने पर्याप्त व्याख्या छैन ।

हवाई सुरक्षाका जानकारी महानिर्देशक पोखरलले भने, ‘यो ऐनले धेरै कडा विषय समेटेको छ तर वायुयानभित्रको शान्ति सुरक्षा खलल पुगे के गर्नेबारे पर्याप्त छैन, थप व्यवस्था आवश्यक देखिन्छ ।’

- यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।