२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रसङ्घीय महासभामा इरान सहभागी नहुने सम्भावना

१ आश्विन २०७६, बुधबार १७:१०

असोज १, काठमाडौँ (रासस/एएनआई) | इरानका राष्ट्रपति हसन रौहानी र विदेश मन्त्री जावाद जारिफ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी नहुने सम्भावना देखिएको छ । 

राष्ट्रसङ्घीय वार्षिकसभामा सहभागी हुनेगरी उहाँहरूले अहिलेसम्म पनि कुनै प्रक्रिया अगाडि नबढाएको इरानी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् ।

“विदेश मन्त्री मोहम्मद जावाद जारिफ आगामी शुक्रबार सेप्टेम्बर २० तारिखका दिन र राष्ट्रपति हसन रौहानी सेप्टेम्बर २३ तारिखका दिन न्यूयोर्क जाने कार्यक्रम थियो, तर उहाँहरूले न्यूयोर्क जानका लागि प्रवेशाज्ञासम्बन्धी प्रक्रिया अगाडि नबढाएकाले जाने सम्भावना देखिएको छैन,” इरानी समाचार संस्थाले लेखेको छ ।  

समाचारमा अगाडि लेखिएको छ, “उहाँहरूले यो समाचार तयार पारेको केही घण्टासम्म पनि प्रवेशाज्ञा प्राप्त नगरेमा उहाँहरूको भ्रमण स्वतः रद्द हुनेछ ।”

इरान र अमेरिकाबीचको विवाद चरम उत्कर्षमा पुगेको छ, विवादका विषयमा दुवै देशले वार्ता गर्न अस्वीकार गर्दै आएका छन् । 

यी दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएकोमा कहिलेकाही कम भए पनि अधिकांश समय चर्किदै आएको छ । उनीहरू एक अर्काका कट्टर आलोचकका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य