२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीवासीको घर भत्किए ५ लाख, मृत्यु भए १ लाख: परिवारले ३० लाखसम्म पाउने

२०७६, २ आश्विन बिहीबार ०२:२५

असोज २, सुर्खेत | विपदमा हुने धनजनको क्षतिमा राहत दिने काम सरकारको हो । अब कर्णाली प्रदेश सरकारले भने यस्ता विपद्को राहत रकम बिमा कम्पनीबाट लिएर जनतालाई दिने भएको छ । यसका लागि सरकारले प्रदेशका जनताको सामूहिक बिमा गरको छ ।

सम्झौताअनुसार अब कर्णालीका बासिन्दाको विपदमा घर भत्किए ५ लाख र ज्यान गुमे मृतकका परिवारले एक लाख रुपैया बिमा कम्पनीमार्फत पाउनेछन् । यसका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार बिमा सम्झौता भएको छ । मन्त्रालयका सचिव वीरन्द्रकुमार यादव र कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे । ‘पोलिसी इस्यु हुनेबित्तिकै केही दिनमै बिमा कार्यक्रम लागू हुन्छ,’ सचिव यादवले भने, ‘यसले विपद् जोखिमबाट कर्णालीवासीलाई राहत दिनेछ ।’

प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सामूहिक दुर्घटना बिमा गरिने उल्लेख गरको थियो । यसका लागि १ करोड ५० लाख रुपैया विनियोजन गरेको छ ।  कम्पनीसँगको सम्झौताअनुसार सरकारले प्रतिव्यक्ति ७ रुपैयाका दरले वार्षिक रूपमा रकम जम्मा गर्नेछ । हाल कर्णालीको जनसंख्या १७ लाख ७० हजार अनुमान गरी १ करोड २३ लाख ९० हजार रुपैया जम्मा गरिने जानकारी सचिव यादवले दिए । 

त्यस्तै विपद्को उच्च जोखिममा रहेका प्रदेशका १० हजार घरको पनि वार्षिक प्रतिघरधुरी ५ सयका दरले बिमा गरिएको छ । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा कलेन्द्र सेजुवालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण