2026-09-19 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बझाङ जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुदै, टिम दर्ताको लागि आह्वान

सुनिल कुँवर | असोज २, काठमाडौँ | “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद”,  “बुङ्गलको पर्यटन प्रबर्द्धन र विकासका लागी खेलकुद ”  भन्ने मूल नाराका साथ् (बिसीए) कप २०७६ आयोजना गरिएको छ | बुङ्गल क्रीकेट एसोसिएसन(BCA)को आयोजनामा आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म  बझाङ जिलाको बुङ्गल नगरपालिका १, दहबगर ( महेन्द्र मा.वि ) मा सन्चालन हुन् लागेको हो |

उक्त प्रतियोगितामा बिजेतालाई  रु १,५१,००० (एक लाख एकाउन्न हजार ) पुरस्कारको ब्यबस्था गरिएको छ | जुन हालसम्म बझाङ जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला क्रिकेट प्रतियोगिता भएको बिसिएका सस्थापक नरेश कुँवरले जानकारी दिए | प्रतियोगितामा बझाङ जिल्ला  भित्रका ( २०  भन्दा बढी  ) टिमहरुको सहभगिता रहने अनुमान गरिएको छ | त्यस्तै प्रतियोगितामा प्रत्येक टिममा बझाङ जिल्ला भन्दा बाहिरको बढीमा ५  जना सम्म खेलाडीले खेल्न पाउने, प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको ब्यबस्था गरिएको छ | जस अनुसार प्लेयर अफ द टुर्नामेन्ट रु १०,०००  (दस हजार) ,उत्कृष्ट बलर रु ५०००( पाँच हजार  ), उत्कृष्ट ब्याट्सम्यान रु ५००० ( पाँच  हजार ) ,प्रत्येक खेलको प्लेयर अफ द म्याच रु ५०० (पाँच सय  ), सेमिफाइनल र फाइनल खेलको प्लेयर अफ द म्याच क्रमशः  रु १,००० (एकहजार  ) साथमा आकर्षक ट्राफी , मेडल र प्रमाणपत्र पाउने बिसिएले जनाएको छ |

प्रतियोगिता  नकआउट को आधारमा टेनिस (रबर ) बलले खेलाइने बताइएको छ | टिम दर्ता (२०७६/६/०२ देखि २०७६/६/२५)  असोज २ गते देखि असोज २५ गतेसम्म गरिसक्नुपर्ने र टिम दर्ता शुल्क रु ८,००० (आठ हजार ) लाग्ने छ | टिम दर्ता गर्न कृषि विकास बैंकमा  बुङ्गल क्रीकेट एसोसिएसनको नाममा  रहेको खाता न.  ०८२६५०१३२७८७३०११  मा जम्मा गर्नु पर्ने छ | त्यस्तै प्रतियोगितामा टिम ब्यवस्थापनको सम्पुर्ण जिम्मेवारी टिम स्वयमले बेहेर्नुपर्ने जनाइएको छ |

बुङ्गलको विकास र पर्यटन प्रवर्धनका लागि बिसीएले बिगत २०७२ सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको सस्थापक अध्यक्ष नरेश कुँवरले बताए | उनले भने “मुख्य उदेश्य भनेको बुङलको पर्यटन प्रबर्द्धन र भर्जिन पर्यटकिय स्थानको बिकास र प्रचार गर्ने हेतुले (BCA) कप आयोजना गर्दै आएका छौ ” | २०७२ साल देखि आयोजना हुदै आएको बिसीए कप ४० हजारबाट सुरु गरिएको थियो | समान धनराशिको २०७२/७३ सालमा आयोजना गरिएको प्रतियोगिता (BCA-CUP) आयोजकले नै जितेको थियो | 

उक्त प्रतियोगिताहरु बझांगको बुङ्गल नगरपालिका ४ सरस्वती मा.वि मा सम्पन्न गरिएको थियो | भने २०७४ सालमा बझांग क्रिकेट एकेडेमीले जितेको थियो | त्यस्तै  २०७५ सालको एक लाख ५० हजार सहित कपको बिजेता दुर्गाथली -५ रहेको थियो | उक्त प्रतियोगिता सरस्वती मा वि बिजगाडा र कन्या मावि बटुल्सेरामा सम्पन्न गरिएको थियो | बुङ्गलका पर्यटकीय स्थलहरु बाइसधारा, बड्डी ज्यावन र खोल्लेकलाइ राष्टिय स्तरमा पहिचान गराउने उदेश्यका साथ् उक्त प्रतियोगिता आयोजना गरिएको हो | थप जानकारीका लागि :-

 #आनन्द कार्की (अध्यक्ष )  

     ९८६९३७१५०५, ९८१८५१९४४८ 

#अशोक कार्की (सचिब ) 

  ९८६५०५२१६८

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई