2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

काठमाडौंमा आज ‘रामेछापबासीबीच फुटसल प्रतियोगिता’

असोज ४, काठमाडौं : ‘रामेछाप कप फुटसल प्रतियोगिता’को तयारी पूरा भएको आयोजक रामेछाप–काठमाडौं पत्रकार समाजले जनाएको छ। काठमाडौंको शान्तिनगर फुटसल मैदानमा हुने प्रतियोगितामा २७ टीम सहभागी भएको संस्थाका महासचिव दीपेन्द्र गुरुङले जानकारी दिए।

रामेछाप  जिल्लाबाट काठमाडौंमा आई विभिन्न पेशा /व्यवसायमा संलग्न तथा संघ/संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी प्रतियोगिताको आयोजना गरिएको उनले बताए। लिगकम नटआउटका आधारमा हुने खेलमा रामेछापका विभिन्न व्यक्तिगत, क्लब र राजनीतिक संगठनले टीम दर्ता गराएका छन्। खेलमा १० जनासम्म खेलाडी सहभागी हुन पाउनेछन्।

प्रतियोगितामा विजेतालाई ट्रफिसहित प्रथम, द्वितीय र तृतीयलाई क्रमश : २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार रहेको संस्थाका अध्यक्ष प्रेम गौतमले जानकारी दिए। उनले भने, ‘ रामेछापबासीबीच सद्भाव, एकता एवम् मनोरञ्जन गराउने उद्देश्यले आयोजना गरिएको खेलमा सोचेभन्दा धेरै टीमको सहभागिता छ।’

आयोजकले शुक्रबार नै खेल तालिका सार्वजनिक गरेको छ। रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई