Skip to content
Friday, July 17, 2026 Nepali Online Media

शान्ति सेना थप्न नेपाल तयार, हाल ५ हजार ९४ नेपाली सेना शान्ति सेनामा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ४, काठमाडौँ | यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न स्रोत/लगानी अपुग रहेका’ भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग–समन्वयको अपेक्षा गर्ने भएको छ ।

‘राष्ट्रयसंघीय शान्ति स्थापनाको मिसनमा यदी आवश्यक परेमा नेपालले थप शान्ति सेना पठाउन सक्नेबार ध्यानाकर्षण गराइनेछ,’ महासभा बैठकमा सहभागी हुन शनिबार न्युयोर्क जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

अहिले विश्वका ११ देशमा रहेका १२ मिसनमा गरेर ५ हजार ९४ नेपाली सेना शान्ति स्थापनार्था खटिएका छन् । नेपालले सन् १९५८ यता राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत विभिन्न देशमा सेना पठाउन थालेको हो ।

- यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले  लेखेका छन् ।