२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवतीलाई ‘प्रेम गर्दै’ बन्धक बनाएर अश्लील भिडियो

८ आश्विन २०७६, बुधबार ०२:००

असोज ८, काठमाडौँ | रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई राम्रै ठानिन् । उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन् ।

हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई पनि बन्धक बनाएर सँगै अश्लील चित्र खिच्न थाले । 

अभियुक्त गोलेलाई प्रहरीले पक्राउ गरेको छ । निजका दुई श्रीमती छन् भने अन्य युवतीलाई पनि यौनशोषण गरेको र विभिन्न क्षेत्रका व्यक्तिलाई ठगी गरेको उजुरी प्रहरीकोमा दर्ता छ ।

गत भदौ ६ गते पाँचखालस्थित घरबाट हराएकी युवती १४ गतेदेखि परिवारसँग सम्पर्कमा थिइनन् । १७ गते अपरिचित व्यक्तिले युवतीका बाबुआमालाई फोन गरी दुई लाख भए छोरी छुट्ने भन्दै धम्क्याउन थाल्यो ।

परिवारले १८ गते प्रहरीकोमा जाहेरी दिए । प्रहरीले मोबाइल ट्रेसका आधारमा गोलेलाई पक्राउ गर्यो । गोले पक्राउ परेको दुई दिनपछि मात्रै बेपत्ता बनाइएकी युवतीलाई प्रहरीले फेला पारेको थियो । 

- यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन