पढ्न करिब 1 मिनेट लाग्छ

असोज ८, काठमाडौँ | रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई राम्रै ठानिन् । उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन् ।

हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई पनि बन्धक बनाएर सँगै अश्लील चित्र खिच्न थाले ।

अभियुक्त गोलेलाई प्रहरीले पक्राउ गरेको छ । निजका दुई श्रीमती छन् भने अन्य युवतीलाई पनि यौनशोषण गरेको र विभिन्न क्षेत्रका व्यक्तिलाई ठगी गरेको उजुरी प्रहरीकोमा दर्ता छ ।

गत भदौ ६ गते पाँचखालस्थित घरबाट हराएकी युवती १४ गतेदेखि परिवारसँग सम्पर्कमा थिइनन् । १७ गते अपरिचित व्यक्तिले युवतीका बाबुआमालाई फोन गरी दुई लाख भए छोरी छुट्ने भन्दै धम्क्याउन थाल्यो ।

परिवारले १८ गते प्रहरीकोमा जाहेरी दिए । प्रहरीले मोबाइल ट्रेसका आधारमा गोलेलाई पक्राउ गर्यो । गोले पक्राउ परेको दुई दिनपछि मात्रै बेपत्ता बनाइएकी युवतीलाई प्रहरीले फेला पारेको थियो ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।