असोज ९, काठमाडौँ | नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरुको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ ।

प्रदेश नं २ मा पूर्वएमालेअन्तर्गत केपी शर्मा ओली र माधवकुमार नेपाल तथा पूर्व माओवादी समूहका नेताहरुबीच टकराव देखिएको छ ।

प्रदेश २ का इन्चार्ज, अध्यक्ष, सचिव लगायतले पार्टी वरिष्ठ नेता माधव नेपाल र उद्योगमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य मातृका यादवका कारण प्रदेशको समस्या चुलिएको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै मंगलबार प्रतिवेदन बुझाएका छन् ।

- यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

September 26, 2019
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
नेकपाभीत्र गुटगत विवाद उत्कर्षमा पुग्यो
By साझासवाल
2 मिनेट पढाइ