२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मधेशमा ५ सय वटा बुढानिलकण्ठ शैलिको विद्यालय खोल्नु पर्छ’ – संयोजक मिश्र

११ आश्विन २०७६, शनिबार १७:२५

महेश सिंह | असोज ११, लहान | साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जनताले साथ दिएकै कारण पार्टी तेस्रो रुपमा स्थापित भएको दाबी गरेका छन् । प्रदेश २ अन्तर्गत सिरहा जिल्लाको गोलबजार मै पहिलोपटक यस्तो कार्यक्रम सम्पन्न गर्न सफल भएका छौं ।

जिल्ला संयोजक घोषणा तथा नागरिक संवोधन कार्यक्रमलाई गोलबजारमा सम्बोधन गर्दै संयोजक मिश्रले प्राविधिक रुपमा पाँचौ स्थानमा भएपनि राजनीतिक रुपमा तेस्रो स्थानमा भएको बताए । न त पार्टीको आफनै कार्यालय थियो । न त संगठन नै निर्माण भएको थियो,’ संयोजक मिश्रले भने– ‘यस्तो अवस्थामा तीन वटा निर्वाचनमा पुराना पार्टीलाई पछि पार्दै हाम्रो पार्टी पाँचौ स्थानमा आयो । यो जनताको ठूलो साथ हो भनेर म बुझद छु ।


गुणस्तरहीन स्कुलबाट उत्पादन भएका ती बालबालिकाले कसरी मधेशलाई कसरी उकासन सकिन्छ त्यसलाई मध्य नजर गर्दे मधेशका मसिहा भनेर चिनिने मसिहाहरुले जनताको भावना बुझन सकेन बरु त्यो भन्दा बढी हामीले बुझेका छौ । जनताको भावना बुझनको लागी मधेशमा ५ सय बुढानिलकण्ठ शैलिको विधालय स्थापना गर्न आवश्यक देखिन्छ । 

परम्परागत शैलिमा चल्ने ठूला पार्टीको पद्धतीका कारण देशमा वेरोजगार, भ्रष्ट्राचार बढ्दै गएको भन्दै संयोजक मिश्रले भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता प्रमुख अभियान भएको तर्क अघि सारे । आफुहरु सत्ता प्राप्ती भन्दा पनि पार्टीले अघि सारेका एजेन्डाको न्यायको पक्षमा रहेको उनले बताए ।

सामान्य नागरिक देखि प्रवुद्ध व्यक्तिसंगको छलफललाई चलायमान र गतिशिल बनाउन राजनीतिक भुँइ यात्राको अभियान सुरु गरेको भन्दै संयोजक मिश्रले भातृ संगठनका रुपमा युवा, महिला र जेष्ठ नागरिक संगठन निर्माण गर्ने बताए । अन्य राजनीतिक पार्टी जस्तो, शिक्षक, वकील, इन्जिनियर, पत्रकार, डाक्टर, कर्मचारी लगाएतका संगठन नखोल्ने बताए ।


फरक प्रसंगमा संयोजक मिश्रले भने संविधानलाई नाघेर हिंसात्मक गतिविधिमा लागेको विप्लव माओवादीलाई सरकारले प्रतिवन्ध लगाउनु स्वभाविक भएको बताए । हिसांत्मक गतिविधि र बम विष्फोट गराउनु शान्ति विरोधी गतिविधि भएको उनले बताए ।

धेरै लामो त्याग बलिदानी पछि देशमा आएको संघियता, धर्मनिरीपेक्षता र गणतन्त्रको तत्काल उपलब्धी खोज्ने बेला नभएको भन्दै कार्यान्वयनको चरणमा भएकाले संस्थागत हुन अझै केहि समय लाग्ने संयोजक मिश्रले बताए । कार्यक्रम बिच सिरहा जिल्ला संयोजकमा धनपैत यादवलाई माटोको टिका लगाई संयोजकमा चयन गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान