Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमती

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, काठमाडौँ | नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो ।

बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जनाएको छ ।

नेपाल–भारतबीचको पारवाहन सन्धिमा जलमार्गसम्बन्धी व्यवस्था समावेश नगरिएसम्म नेपाल नेपालले भारतले यसअघि नै सञ्चालनमा ल्याइसकेको उक्त जलमार्ग तेस्रो मुलुक व्यापारका लागि प्रयोग पाइँदैन ।

उक्त एलओईको मस्यौदा नेपालले यसअघि नै भारतलाई बुझाएको थियो । एलओईमा भारतले सहमति जनाएपछि जनाएपछि नेपालले जलमार्ग प्रयोगको बाटो खुलेको छ ।

- यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।