२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसै बर्ष काठमाडौँमा नौवटा सुविधासम्पन्न पार्क बन्दै

१२ आश्विन २०७६, आईतवार ०२:२३

असोज १२, काठमाडौँ | काठमाडौँ महानगरपालिका वरिपरिका नौवटा नगरपालिकाले महानगरको आर्थिक सहयोगमा सुविधासम्पन्न आकर्षक पार्क यसै बर्षभित्र बनाइसक्ने भएका छन् । महानगरले हरेक नगरपालिकालाई एक/एक करोड रुपियाँ उपलब्ध गराएपछि नौवटै नगरपालिकाले पार्क बनाउने योजना अगाडि बढाएका हुन् ।

उपत्यका वरिपरिका नौवटा नगरपालिकामा ज्येष्ठ नागरिक, बालबालिका बस्ने, रमाउने र वनभोज गर्न मिल्नेसम्म सुविधा भएका पार्क बन्ने क्रम धमाधम सुरु भएको छ । कीर्तिपुर, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, शङ्खरापुर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाभित्र एक/एकवटा सुविधासम्पन्न पार्क बनाउने काम थालिएको छ ।


काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र समस्या भए पनि छिमेकी नगरपालिकासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न पार्क निर्माणका लागि रकम उपलब्ध गराएको जानकारी दिए । महानगर प्रमुख शाक्यले भने, “हामीले सार्वजनिक जग्गा संरक्षण र हरियाली प्रवद्र्धनको काम गर्दै आएका छौँ । सबै नगरपालिकालाई बराबर रकम दिएका छौँ, कसैलाई पुग्ला कसैलाई नपुग्ला तर भोलिका दिनमा समीक्षा गरेर अगाडि बढ्नेछौँ ।”

उनले नेपालमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । उपत्यकाका विभिन्न ठाउँबाट ती ठाउँ हेर्न आउने छन्, यसले भिजिट नेपाल २०२० लाई पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । महानगरपालिकाको सहयोगमा अन्य नगरपालिकाले भएका खाली जमिनको सदुपयोग गर्दै आन्तरिक तथा बाह्य पर्यटकका सुविधाका लागि पार्क निर्माणको काम अगाडि बढाएका हुन् । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन