2026-07-24 07:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तारकेश्वर-१० द्वारा कार्यक्रम तथा योजना सार्वजनिक

असोज ११, काठमाडौं | काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. १० ले गत बर्षको आफ्नो प्रगति तथा चालु आर्थिक बर्षको कार्यक्रम तथा योजना सनिबार एक कार्यक्रमका बीच सार्वजानिक गरेको छ । 

नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा गरिएको कार्यक्रममा बक्ताहरुले दशैँको शुभकामना आदानप्रदान सहित वडाको आर्थिक बर्षको कार्यक्रमले समग्र वडाको बिकास र जनताले सुविधा पाउने तरिकाले अगाडी बढ्ने आशा व्यक्त गरे । सम्पर्ण वडावासि तथा नेपालीहरुमा शुभकानाका व्यक्त गर्दै वडा नं. १० का वडा अध्यक्ष अमृत थापाले आर्थिक बर्षको कार्यक्रम तथा योजना अनुसार जनाताको भावना समेट्ने गरेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गत आर्थिक बर्षमा वडाले गरेको कामहरुको बिबरण समेत सार्बजनिक गरिएको थियो । तारकेश्वर १० ले गत वर्ष केन्द्रिय योजना अन्तरगतको १५ लाख, प्रदेश स्तरिय योजना आन्तगत साँढे ५ करोड, उपत्यका विकास प्राधिकरण अन्तरगतको ११ करोड ७० लाखमा ६० प्रतिशत काम सकिएको बिबरण सार्बजनिक गरेको छ । नगरस्तरिय योजना अन्तर्गतका विभिन्न योजना तथा कार्यक्रमहरु सम्पन्न भएको पनि वडाले कार्यक्रम मार्फत जानकारी दिएको छ । साथै वडाले सुरक्षाको दृष्टिकोणले बिभिन्न चोक तथा महत्वपूर्ण स्थानहरुमा २० वटा सिसि क्यामरा जडान गरि सनिबारनै उद्घाटन गरेको छ । 

निश्चित दायरा तथा स्रोतले वडा वासिका सबै चाहाना पुरा गर्न नसके पनि आ.ब . ०७४/७५ मा १ करोड ५० लाख र आ. ब. ०७५/७६ मा एक करोड ३१ लाखको बजेट वडाबाट सञ्चालन गरिएको सार्वजनिक आर्थिक विवरणमा जनाईएको छ ।

कार्यक्रममा वडाको सर्वाङ्गिण विकासमा योगदान पुर्याउने बिभिन्न १२० जना व्यक्तित्वहरुलाई वडा कार्यालयले सम्मान समेत गरको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक