2026-09-13 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

 असोज १५, धम्बोझी । पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज बेलुका मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

“बाघले मृतकको हात र घाँटीमा गम्भीर घाउ बनाएको छ, उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो”, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

एक साताअघि भगवती सामुदियाक वनमा घाँस काट्न गएकी एक महिला लक्ष्मी मल्ललाई पनि पाटे बाघले आक्रमण गर्दा घाइते बनाएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उहाँको उपचार भइरहेको निकुञ्जले जनाएको छ ।

मङ्गलबार दिउँसो पाटे बाघले एउटा गोरु र आठ वटा बाख्रासमेत मारेको स्थानीयले जनाएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । सात महीनाको अवधिमा बर्दियामा पाटे बाघको आक्रमणमा परी हालसम्म पाँच जनाको मृत्यु भएको छ । अहिले निकुञ्जभित्रबाट निस्किएर सामुदायिक वनमा समेत पाटे बाघले आक्रमण गरेपछि यस क्षेत्रका स्थानीवासी त्रसित बनेका छन् ।

बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएपछि बाघ हिंस्रक भएको हुनसक्ने भन्दै निकुञ्ज प्रशासनले क्यामरा ट्रयापिङ प्रविधिसहित निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली तैनाथ गर्ने बताएको छ । बाघ नियन्त्रणका लागि तत्काल हात्तीसहित प्राविधिक टोली खटाइने प्रमुख संरक्षण अधिकृत संरक्षण प्रमुख बरालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन