२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा सीको स्वागतको लागि १८ प्रकारका तरकारी र फलफुलको गेट

२०७६, २४ आश्विन शुक्रबार ०८:३०

असोज २४, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी जिनपिङ बीच आज तमिलनाडुको महाबलीपुरममा अनौपचारिक भेट हुँदैछ । दुवै नेताहरुको  स्वागतको लागि त्यहाँ पन्च रथको साथै एक निकै ठूलो गेट बनाईएको छ । जसको सजावटमा १८ प्रकारका तरकारी तथा फलफुलको प्रयोग गरिएको छ । जुन फल र तरकारी तमिलनाडुका विभिन्न क्षेत्रबाट मगाइएको हो ।

डिपार्टमेन्ट अफ हल्टिकल्चरका एडिशनल डाईरेक्टर तमिलवेधनले बताए अनुसार उक्त गेटमा प्रयोग गरिएको अधिकांश तरकारी अर्गानिक हुन् र सिधै बारीबाट उक्त गेट बनाउनको लागि ल्याईएको हो । शोर मन्दिरसंगै बनेको गेटमा परम्परागत केराको रुखले सजाईएको छ । सेतो र रातो रंगको गुलाफको फुलको प्रयोग डेकोरेशनमा प्रयोग भएका छन् । दुवै नेताहरुको बीच यो दोश्रो अनौपचारिक भेट हो । 


तमिलनाडुमा बंगालको खाडी किनारा स्थित महाबलीपुरम शहर चेन्नईबाट करीब ६० किमी टाढा छ । यसको स्थापना धार्मिक उद्देश्यले ७ औं सताब्दीमा पल्लव वंशको राजा नरसिंह वर्मनले गराएका थिए । नरसिंहले मामल्लको उपाधि धारण गरेका थिए, यसैले यसलाई मामल्लपुरमको नामबाट पनि चिन्ने गरिन्छ । एक रिपोर्टका अनुसार एस स्थानमा चीन, फ्रान्स र रोमको प्राचीन सिक्का धेरै शंख्यामा भेटिएको छ । प्राचीन बंदरगाह महाबलीपुरमको करीब २००० बर्ष पहिले चीनसंग बिशेष सम्बन्ध रहेको अनुमान छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ