असोज २५, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।
शनिबार नेपाल आएका उनले आफ्नो सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । एस अघि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी थिइन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार शितलनिवासमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरेकी थिइन् । उनले नेपालमा चिनियाँ लगानीका लागिसमेत आग्रह गरिन् ।
राष्ट्रपति भण्डारीको सम्वोधनपछि सीले चीनले नेपाल भ्रमण वर्ष २०२०का लागि सहयोग गर्ने समेत बताएका छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने सीले घोषणा गरे ।
दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । रात्रि भोजमा सीका लागि नेपाली खानाको मेनु अनुसार सुरुआती खानाको रुपमा बारा, म:म र लुक्लाको सीमीसँगै भटमास साँधेको राखिएको छ । यस्तै कुरिलो र क्वाँटीको रस तयार पारिएको छ ।
मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको छ । यसको सट्टा यस्तै इलामको चिया र गुल्मीको कफि पनि राखिएको छ ।