२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीबाट डेढ किलो चाँदीका तयारी गहनासहित एक जना पक्राउ

२६ आश्विन २०७६, आईतवार १०:०५

असोज २६, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आज करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो । 

अनटेस्ट मोटरसाइकलमा चढी भारतको बिहार राज्यको भिट्ठामोड शहरबाट भन्सार छली अवैधरुपमा ल्याएको एक किलो २४० ग्राम चाँदीका पायल, सिक्री र औँठीलगायतका तयारी गरगहनासहित साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

चाँदीका गहना र मोटरसाइकलसहित पक्राउ परेका साहलाई आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै