२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा हागिबिस आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

२०७६, २६ आश्विन आईतवार १४:०५

असोज २६,  टोकियो । रासस/सिन्ह्वा) । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको हागिबिस नामक तुफानका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको जापानी अधिकारीले आइतबार बताएका छन् । आँधीपछि करिब १५ जना हराइरहेका बताइएको छ ।

आँधीसँगै भएको बर्षाका कारण कैयौँ नदीहरूमा बाढी आएको र नदीको पानी वस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो 

“आँधीका कारण तीन लाख ७६ हजार घरहरूमा विद्युत आपूर्ति अवरूद्ध भएको, १४ हजार घरहरूमा खानेपानीको अभाव भएको छ,” चिफ क्याविनेट सेक्रेटरी योशिहिदे सुगाले बताउनुभयो ।

उद्धारकर्ता तथा जापानी अधिकारीले दिएको जानकारी अनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्तीहरू डुवानमा परेका छन् ।

सरकारले आँधीपछि २७ हजार स्वयम्सेवक बललाई उद्धार र राहतका लागि खटाएको जनाएको छ । भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा वाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ । 

स्थानीयहरूले आँधी विगत ५० बर्ष यताकै शक्तिशाली भएको बताएका छन् । आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको बताइएको छ । अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका शहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेको छन् । 

मन्त्रालयका अनुसार कतिपय वस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्दारका लागि घरका तलाहरूबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन् । 

पसेका

नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुवानका कारण अवरूद्ध बनेका छन् । रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्वाहरूमा क्षति पुगेको छ ।

जापानको मौसम विज्ञानसम्बन्धी निकायले टोकियो र प्रभावित १२ वटै राज्यमा भारी बर्षा हुने सम्भावना रहेको बताउँदै नदी वरपरका क्षेत्रमा सतर्क बन्न सूचना जारी गरेको छ । आइतबारसम्म तुफानको प्रभाव निकै कम भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा