Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘आलम जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २, काठमाडौँ | रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन् । अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ ।

राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए । ‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन । कसरी काजकिरिया गर्ने’ आँखाभरि आँसु पार्दै श्रीनारायणले भने, ‘छोरो मरेको हो भने न्याय पाउनुप-यो, जिउँदै छ भने देखाइदिनुपर्यो ।’

२०६४ चैत २७ गते साँझ बम विस्फोटमा छोरो मारिएको अनौपचारिक जानकारी प्राप्त भएको र आफूले १२ वर्षदेखि सर्वोच्च अदालतसम्म धाएर न्याय खोजिरहेको बताउँदै सिंहले अब भने न्याय पाउने र छोराको काजकिरिया गर्न पाउने आशा गरेका छन् ।

‘बम काण्डका मुख्य अभियुक्त आफताब आलम पक्राउ परेकाले अदालतले न्याय दिने र मैले छोराको काजकिरिया गर्ने अवसर पाउने विश्वास छ ।’

- यो समाचार आजको नागरिक दैनिकमा खबर छ ।