Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिग्री-पाँडेसहित ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा मिडिया हवको उजुरी

२०७६, ३ कार्तिक आईतवार ०८:०९

कात्तिक ३, काठमाडौं । नेपाल टेलिभिजनबाट बिहिबार बेलुका प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले प्रहरीमा कपिराइटको उजुरी दिएको छ । प्रहरीमा उजुरी परेपछि 'सक्कीगोनी' हास्य टेलिश्रृंखलाका मुख्य पात्रहरु अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीलाई प्रहरीले छलफलको लागि बोलाएको छ । 

महानगरीय प्रहरी परिसर टेकुमा परेको उजुरीमा मिडिया हबले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी दिएको हो । मिडिया हबले 'सक्कीगोनी' टेलिश्रृंखलामा ‘भद्रगोल’का पात्रहरुको चरित्रहरु नक्काल भएको आरोप लगाएको छ । मिडिया हबले जिग्री, पाँडे, बले, कक्रोच, सितेबा सहित दर्जनौं, चरित्रहरु मिडिया हबका उत्पादन भएको भन्दै ति पात्रहरुलाई स्थापित गर्न आफूहरुले लगानी गरेको जनाएको छ । 

मिडिया हबले 'सक्कीगोनी' टेलीसृंखलामा आफ्ना क्यारेक्टरहरुको प्रयोग रोक्न सकिने आशा सहित प्रहरीमा उजुरी दिएको बुझिएको छ । 

यसअघि भद्रगोलमा काम गर्दै आएका जिग्री-पाँडे सहित दर्जनौं कलाकारको समुहले मिडिया हबको लगानीमा बनेको 'भद्रगोल' टेलीसृंखला छाडेर 'सक्कीगोनी' सुरुवात गरेका थिए । असोज २ गते बिहिबारबाट ‘सक्किगोनी’ हास्य टेलीचलचित्र नेपाल टेलिभिजनबाट प्रसारण हुन सुरु भएको थियो । जसमा लोकेसनबाहेक पात्रहरु भद्रगोलकै हुन् । मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण गरिराखेको छ । 

नयाँ पात्रहरु राखेर बनाइएको 'भद्रगोल'मा दर्शकहरुले गाली मात्रै गरेका छन् । जिग्रीपाडे सहित कलाकारहरुले भद्रगोल छाडेपछि नयाँ पात्रहरु हालेर प्रसारण भईरहेको 'भद्रगोल'को क्रेज ह्वात्तै घटेको छ । 

यता सक्किगोनी निर्माण गरेका जीग्री-पाडेले भने भद्रगोलका सबै क्यारेक्टर आफ्नै सिर्जना भएको दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ