पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक ५, काठमाडौँ | सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दियो । पक्राउ परे लगत्तै गायक दुर्गेशले गीत बिबादित युटुबबाट हटाए । तर त्यसको केहि घण्टा नबित्दै गायक दुर्गेशले सोहि भिडियो युटुवमा अपलोड गरेका छन् ।

प्रहरीले गोंगबुबाट पक्राउ गरि दुर्गेशलाई गीत हटाउन आग्रह गरेपछि उनले आफ्नो युटुबबाट उक्त गीत हटाएका थिए । उक्त गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाईएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहमन्त्रालयको पत्रानुसार थापाले आफ्नो युट्यूब च्यानलमा सार्वजनिक गरेको उक्त गीतमाथि आमसञ्चारमाध्यममा प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

यता गायक दुर्गेशले भने प्रहरीको रोहबरमा युटुबबाट हटाएको उक्त भिडियोका केहि दृष्यहरु काटि गाजा र बियर शब्दमा बिप साउण्ड प्रयोग गरि सम्पादित भिडियो अपलोड गरेका छन् । यो समाचार तयार पार्दासम्म उनको उक्त भिडियो ७० हजारले हेरिसकेका छन् ।