२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेकपाले वार्ताका लागि अघि सार्यो चार सर्त: सरकार सशंकित

६ कार्तिक २०७६, बुधबार ०३:०३

कात्तिक ६, काठमाडौँ | नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवका शर्तमाथि शंका गरेको छ । चन्द नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर इमानदारिताका साथ बिनासर्त वार्ताका लागि सरकार तयार भए वार्ता हुन सक्ने जनाएको हो । 

नेकपा महासचिव विप्लवद्वारा मिति उल्लेख नगरी जारी गरिएको विज्ञप्तिमा वार्ताका लागि सरकारले इमानदारिता देखाउनुपर्ने, प्रतिबन्ध हटाउनुपर्ने, आफ्ना गिरफ्तार नेताहरूलाई छाड्नुपर्ने तथा बिनासर्त वार्ता हुनुपर्ने उल्लेख छ । 

तर, सरकार भने विप्लवका सर्तप्रति सशंकित देखिएको छ । गिरफ्तार आफ्ना नेता कार्यकर्तालाई छुटाउनका लागि मात्रै विप्लवले वार्ताका लागि सकारात्मक देखिएको संकेत गरेको तर सो शैलीबाट शक्ति सञ्चय गर्ने विप्लव रणनीति रहेको हुन सक्ने भन्दै सरकारले विप्लवका सर्तमाथि शंका गरेको हो । 

सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लवको विज्ञप्तिका विषयमा पार्टीभित्र औपचारिक छलफल नभए पनि विज्ञप्ति र वार्ताका लागि राखिएको सर्तका सन्दर्भमा सरकार सशंकित देखिएको बताए । 

- यो समाचार आजको राजधानी दैनिकमा  महेश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा