२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भीत्रका १३ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा

२०७६, ६ कार्तिक बुधबार ०५:२५

कात्तिक ६, काठमाडौं | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भीत्रको केहि कर्मचारीहरुले मानव तस्करहरुसँगको मिलेमतोमा २ सय ४८ जनालाई घरलु कामदारको रूपमा विदेश प्रस्थान अनुमति दिई अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ । त्यसरी दायर भएको मुद्धामा ११ जना अध्यागमन अधिकृतसहित १३ जना रहेका छन् । 

आरोपित विमानस्थलका कर्मचारीहरुले विदेश पठाउने धन्दा चलाउनेहरुसंगको मिलिमतोमा अबैध प्रतिव्यक्ति १० हजार रुपैया लिएर विदेश प्रस्थान अनुमति दिएको ख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । आयोगले मुद्दा दायर गरेको अध्यागमन अधिकृतहरूमा कमलप्रसाद पराजुली, मनहरि बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिंह भण्डारी, पदमप्रसाद बजगाईं रहेका छन् । त्यस्तै कम्प्युटर अपरटरहरु रोशन गौतम र भोजप्रकाश न्यौपाने पनि मुद्धामा मुछिएका छन् । 

अख्तियारले गरेको अनुसन्धान अनुसार अध्यागमन अधिकृतहरूको 'कल रेकर्ड' एवं खुल्न आएका तथ्यमाथि अनुसन्धान हुँदा अध्यागमन कार्यालयका कर्मचारीहरूबीच म्यासेज आदानप्रदान गरी २ सय ४८ जनालाई अनधिकृत रूपमा प्रस्थान अनुमति दिदा अनियमितता गरी मिलेमतो भए/गरको पाइएकोसमेत अख्तियारले जनाएको बिहिबारको कान्तिपुर दैनिकमा समाचार छ । कर्मचारीहरुले २ सय ४८ जनाको प्रतिव्यक्ति १० हजारका दरले हुन आउने कुल रकम बाडीचुडी खाएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने