२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका दुईवटा विद्यालयको खाता रोक्का

८ कार्तिक २०७६, शुक्रबार १२:०७

कात्तिक ८, सिंजा | चन्दननाथ नगरपालिका जुम्लाले दुईवटा विद्यालयको खाता रोक्का गरेको छ । 

विद्यालय व्यवस्थापन समिति गठनको लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुईवटा विद्यालयको खाता रोक्का गरेको हो । 

चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका अध्यक्ष तथा प्रमुख कान्तिका सेजुवालको आदेशमा रोक्का गरिएको छ । गएको साउन महीनाको ३ गते नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अवधि सकिएको भन्दै नयाँसमिति गठन गर्न परिपत्र गरेको थियो ।

नगरपालिकाभित्र रहेका १९ वटा विद्यालयमध्ये चन्दननाथ र कर्णाली माविले समिति गठन गर्न अटेर गरेको भन्दै नगरपालिकाले विद्यालयको खाता रोक्का गरेको छ । नगरपालिकाले खाता रोक्का गरेका कारण चन्दननाथ माविका ३० जना शिक्षक र ४० जना ज्याला मजदूरले यस वर्षको दशैँ मनाउन पाएनन् । जिल्ला बाहिरका शिक्षकलाई रु ३० देखि ५० हजार विद्यालयको आन्तरिक खाताबाट दिएर दशैँ मनाउने वातावरण सिर्जना गरिएको चन्दननाथ नमूना मावि जुम्लाका प्रधानाध्यापक टङ्क महतले जानकारी दिनुभयो ।

शिक्षकमाथि नगरपालिकाले अमानवीय व्यवहार गरेको भन्दै उहाँले तिहारसम्म तलब निकासा नभए अदालत जाने उहाँको भनाइ छ । श्रम गरी जीवन जीउने शिक्षकलाई दशैँमा नगरपालिकाले हालत विजोग बनाएको महतले बताउनुभयो । विद्यालयमा कार्यरत शिक्षकले तलब भत्ता नपाउँदा यस वर्षको दशैँ ऋण गरी मनाएको उहाँको भनाइ छ । विद्यालय व्यवस्थापन समितिको विषयलाई जोडेर विद्यालयको खाता रोक्का गर्नु नगरपालिकाले गैरजिम्मेवार काम गरेको उहाँको आरोप छ ।

यसैगरी कर्णाली मावि अनामनगरमा कार्यरत १९ जना शिक्षकले तलब पाएका छैन भने विशेष कक्षाका ३४ र फिडर छात्रावासका २० जना छात्राका लागि चाहिने रकम नहुँदा उनीहरुलाई समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन बुढ्थापाले बताउनुभयो । विद्यालय व्यवस्थापनको विषयलाई लिएर नगरपालिकाले दशैँमा शिक्षकलाई निरास र ऋण निकालेर मनाउने अवस्था सिर्जना गरेको उहाँको भनाइ छ ।

अध्यक्ष बुढ्थापाले शिक्षा ऐन २०२८ को नवौँ संशोधनको नियम १२ अनुसार गठित विव्यसको पदावधि तीन वर्ष रहने र नगर शिक्षा कार्यविधि २०७५ मा पनि सोही व्यवस्था भएकाले चन्दननाथ नमूना माविका अध्यक्ष र आफ्नो कार्यकाल नसकिएको जानकारी गराउनुभयो । २०७४ सालमा गठन भएको विव्यसको समयवधि अझै एक वर्ष बाँकी रहेको बुढ्थापाले बताउनुभयो तर नगर शिक्षा समितिले सिधै विव्यस भङ्ग गरी नयाँ गठन गर्न साउन ३ मा परिपत्र गरेको थियो ।

शिक्षा ऐनको व्यवस्था र परिपत्रबीच कुरा बाँझिदा विव्यस गठन गर्न नसकिएको उहाँको भनाइ छ । आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेकाले तत्काल नयाँ समिति गठन नहुने बुढ्थापाले बताउनुभयो । न्यायका लागि अदालतमा जाने भन्दै उहाँले स्थानीय सरकार आइसकेपछि अप्ठ्यारो बनाएको आरोप लगाउनुभयो । प्रमुख कान्तिका सेजुवालका अनुसार भदौ मसान्तसम्म सबै विद्यालयमा नयाँ विव्यस गठन गर्न पनि परिपत्र गरिएको भन्दै १९ विद्यालयमध्ये दुई विद्यालयले तीन पटकसम्म ताकेता गर्दा पनि विव्यस गठन नगरेको बताउनुभयो ।

नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नभएको भन्दै उहाँले दुई वटा विद्यालयको खाता रोक्का गरिएको बताउनुभयो । नगरपालिका एक संवैधानिक अङ्ग हो ? उहाँले भन्नुभयो, नगर शिक्षा समितिको निर्णयलाई अवज्ञा गरेका कारण बाध्यात्मक अवस्थामा खाता रोक्का गरिएको जानकारी गराउनुभयो । कार्यपालिकाको निर्णयलाई कार्यान्वयन नगर्नु विद्यालयले अटेरी गरेको उहाँको भनाइ । अदालतको बाटो खुला रहेको भन्दै उहाँले अदालत जान पाउने अधिकार रहने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ