2026-07-24 10:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल सम्बतलाई राष्ट्रिय सम्पतिको रुपमा स्वीकार्नुपर्छ – सांसद सिलवाल

कात्तिक १३, काठमाडौँ । नेकपा केन्द्रिय सदस्य एवम् प्रदेशसभा सदस्य नारायण सिलवालले नेपाल सम्बत्लाई राष्ट्रिय सम्पत्तिको रुपमा मनाउनुपर्ने बताएका छन् । 

राजधानीको हाडीगाँउमा मंगलबार न्हुदँया भिन्तुनाको अवसरमा पासा पुचः नरद्वारा आयोजीत कार्यक्रममा सांसद सिलवालले सो कुरा बताएका हुन् । उनले नयाँ वर्ष अर्थात  नेपाल सम्बत् ११४० को शुभकामना व्यक्त गर्दै नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत्को रुपमा राज्यले मान्यता दिईरहेको अवस्थामा  सबै पक्षबाट व्यवहारिक ढंगले मनाउनुपर्ने बताए । नेपाल सम्बत् कुनै भाषा, जात, समुदायको मात्र नभई नेपाल र सम्पूर्ण नेपालीहरुको सम्पत्तिको रुपमा रहेको उल्लेख गर्दै सबैले यसको व्यवहारिक रुपमा मनाउनुपर्ने तर्क राखे । 

यस वर्ष राष्ट्रिय सम्बत्को तिथि र मितिमा आएको समस्यालाई आत्मसाथ गरी आगामी दिनमा त्यस प्रकारको विवाद र समस्या नआउन  पञ्चांक समिति र राज्य व्यवस्था पक्षलाई सुझाव दिए ।  

त्यसै गरी काठमाडौँ महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगालेले  न्हुदँया भिन्तुनाले वडावासी तथा सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति समृद्धिको शुभकामना व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि अतिथिहरु जेष्ठ नागरिक देशवास डंगोल र श्रीमती मनमाया डंगोल, नेकपा नेता विरेन्द्र प्रजापती, पूर्व वडा अध्यक्ष सूर्यलाल प्रजापति लगायत रहेका थिए ।  हाडीगाउँबासी बुद्धिजीवि, महिला, युवा तथा अग्रजहरुको सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रममा  पासा पुचः नरका अध्यक्ष तथा कार्यक्रमका सभापति रोहन प्रजापतीले विभिन्न पुचः समूह र क्लवलाई सम्मान गरेका थिए भने कार्यक्रम सञ्चालन गोपाल डंगोलले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक