२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् टी-२० विश्वकपका लागि छनोट भएका ६ देश

२०७६, १४ कार्तिक बिहीबार ०३:२७

कात्तिक १४, काठमाडौं । अष्ट्रेलियामा सन् २०२० मा हुने टी-२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोटबाट जाने बिभिन्न ६ राष्ट्रको टुंगो लागेको छ ।

बुधबार राति ओमानले हङकङलाई १२ रनले पराजित गरेसँगै विश्वकपमा प्रवेश गरेका ६ राष्ट्रका टिमको टुंगो लागेको हो । विश्वकपमा पुग्ने राष्ट्रहरुमा टेष्ट राष्ट्र आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, पपुवा न्युगिनी, स्कटल्यान्ड र ओमान रहेका छन् ।

पपुवा न्युगिनी समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुँदा यता आयरल्यान्ड पनि समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएका हुन् । त्यस्तै, सेमिफाइनलको प्लेअफमा नेदरल्यान्ड्सले आयोजक यूएईलाई पराजित गर्दै विश्वकपमा प्रवेश गर्दा नामिबियाले ओमानलाई पराजित गर्दै विश्वकपमा प्रवेश गरेको थियो ।

पाँचौं स्थानको लागि भएको खेलमा स्कटल्यान्डले यूएईलाई पराजित गर्दै विश्वकपमा पुग्दा ओमानले पनि हङकङलाई पराजित गर्दै दोस्रो पल्ट विश्वकप खेल्ने भएको हो ।

बलियो टिम मानिएको हङकङ र यूएई भने यो पटक विश्वकपमा पुग्न सकेनन् । अब फाइनल प्रवेशका लागि आयरल्यान्डले नेदरल्यान्ड्ससँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा अर्को खेलमा पपुवा न्युगिनीले नामिबियासँग खेल्नेछ । पाँचौं स्थानका लागि भने स्कटल्यान्ड र ओमानबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ