द क्रिकेट मन्थलीले १२ महिनामा विश्वका टी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... द क्रिकेट मन्थलीले १२ महिनामा विश्वका टी"/>
३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछाने विश्वमै सर्वाधिक टी–२० क्रिकेट खेल्ने खेलाडी

१४ कार्तिक २०७६, बिहीबार १२:२७

कात्तिक १४, काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका सर्वाधिक टी–२० क्रिकेट खेल्ने खेलाडी बनेका छन् ।

द क्रिकेट मन्थलीले १२ महिनामा विश्वका टी–२० क्रिकेट लिग खेल्ने खेलाडीको सूचीमा सन्दीप शीर्ष स्थानमा छन् । गत सेम्टेम्बर ३० तारिखसम्मको सर्वेक्षणमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आठ देशको टी–२० क्रिकेट खेलेको उल्लेख गरेको छ । सन्दीपसँगै अफगानिस्तानका नजिबउल्लाह जाड्रानले पनि आठ देशमा टी–२० क्रिकेट खेलेका छन् ।

क्रिकेट मन्थलीले लेखेको छ, ‘विश्वका टी–२० क्रिकेट लिग प्राय सबै खेलेका छन्, आईपीएल, विग ब्यास, सीपीएल, बीपीएल । १२ महिनामा उनले ११ टी–२० अन्तर्राष्ट्रिय र तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका छन् ।’

त्यस्तै, सन्दीपले यो १२ महिनाको अवधिमा ९८५ पटक बलिङ गरेका छन् । सर्वाधिक धेरै बलिङ गर्ने खेलाडीमा सन्दीप दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा भने अफगानिस्तानका राशिद खान छन् । राशिदले यो एक वर्षमा १३५५ पटक बलिङ गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन