कात्तिक १५, काठमाडौँ | विभिन्न कारण देखाउँदै उडानमा ढिलाइ गर्ने गरेका कारण नेपाल एयरलाइन्स धेरैजसो आलोचित भइरहन्छ । तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य बन्ने गरेको तथ्यांक बेला–बेलामा सार्वजनिक भइरहन्छ।

आन्तरिक तथा बाह्य दुवै उडानमा ढिलाइ गर्ने नेपाल एयरलाइन्सले उडान ढिलाइ हुनुमा विभिन्न कारण देखाएर पन्छिने गरेको छ।

हालै हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थले तयार पारेको अन टाइम पर्फमेन्स रिपोर्टमा हङकङका लागि नेपाल एयरलाइन्सको कुनै पनि उडान समयमा नभएको देखिएको छ। सो रिपोर्टमा देखिएअनुसार गत अगस्ट र सेप्टेम्बर महिनामा हङकङका लागि नेपाल एयरलाइन्सको कुनै पनि उडान समयमा भएको छैन। उडान ढिलाइ हुनुमा मुख्यतः ३ वटा कारण देखाइन्छ ।

अपरेसन, इन्जिनियरिङ तथा कमर्सियल। अपरेसनका कारण उडान ढिलाइ गर्नुमा मुख्य दोषी विमानका पाइलट हुन्छन् भने कहिलेकाहीं समयमै विमान मर्मतसम्भार नहुँदा पनि उडानमा ढिलाइ हुन्छ। विभिन्न लेखा राख्ने क्रममा ढिलाइ हुँदा पनि उडान प्रभावित हुन्छ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका छन् ।

तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य
Leave a Comment