२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकाबाट हराएका २० मोटरसाइकल फेला

२०७६, १८ कार्तिक सोमबार १६:३१

कात्तिक १८, काठमाडौँ । ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको वसन्तपुर, कोटेश्वर, नैकाप, थापागाँउ, स्वयम्भू, त्रिभुवन शिक्षण अस्पताल, गोँगबु, सामाखुशी, पाटन, लुभु, बालकुमारीलगायत क्षेत्रबाट हराएका मोटरसाइकल र कार खोजी गरी सम्बन्धित धनीलाई बुझाएको हो । 

महाशाखाले राम थापा, गणेश खकुरेल, अटुल महर्जन, नवराज डङ्गोल, सञ्जय बोहरा, सुभाषकुमार श्रेष्ठ, रामप्रसाद गौतम, हिराकाजी महर्जन, बेसिक गौतम, रुपक शाक्य, सूर्यप्रकाश ठाकुर, किरणकुमार थापा, रोशन नगरकोटी, राकेश तामाङ, सुदर्शन घिमिरे, रोण्डो तामाङ, अर्जुनराज सेढाई, सन्देश कार्की, सविना तामाङको मोटरसाइकल तथा कार खोजेर बुझाएको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिनुभयो । उपत्यकाबाट हराएका अधिकांश मोटरसाइकल तथा कार उपत्यका बाहिर लैजाने गरेको महाशाखाले जनाएको छ । महाशाखाले चालू आर्थिक वर्षमा मात्र ९२ हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । मोटरसाइकल चोरी कार्यमा संलग्न २५ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महाशाखा प्रमुख ढकालले बताउनुभयो । 

नक्कली सुनसहित पक्राउ 

नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नक्कली सुनलाई सक्कली सुन भनेर कारोबार गर्ने रामेछापका विशाल लामालाई आज साँझ बौद्धको नयाँबस्तीबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले अवैध तरिकाले नक्कली सुनलाई सक्कली सुन भनेर कारोबार गर्न लागेको अवस्थामा लामालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण