२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक यातायातमा युवतीलाई छुनेविरूद्ध जापानमा नयाँ उपाय लागु

२०७६, १९ कार्तिक मंगलवार १०:३४

कार्तिक १९, एजेन्सी | जापानले नराम्रो छुवाइलगायतका यौन हिंसा कम गर्न नयाँ उपाय लगाएको छ | महिलाले मात्रै प्रयोग गर्ने रेलका डिब्बादेखि बसको सिलिङमा सिसी क्यामेरा हाल्ने काम जापान सरकारले गरेको छ | 

क्युसिसिए नामक कम्पनीका नारी वु र रमन कट्यामाले  ‘छुवाइ राडर’ नामक एप बनाएर अर्को सुरुआत गरे। यो एपबाट कसैले आफूलाई नराम्ररी छोएको उजुरी गर्न मिल्छ र उजुरीहरूका आधारमा कहाँ त्यहाँ घटना हुन्छन् भन्ने पत्ता लाग्छ। एप  सञ्चालन भएको केही समयमा नै ९८१ त्यस्ता घटनाको उजुरी भयो।

टोकियो महानगर प्रहरीले पनि त्यस्तै अर्को एप बनायो, डिजी पोलिस। कसैले छोए यो एप अन गरे ‘रोक’ भन्दै कराउन थाल्छ। एपले प्रहरी कार्यालयको स्क्रिनमा सन्देश पठाउँछ-यहाँ यौन हिंसा गर्ने मानिस छ। कृपया बचाउनुहोस्।

सचि‌हट नामक एक कम्पनीले स्टयाम्प बनाएको छ जसले पीडकमा नदेखिने मसी छ्याप्छ। त्यसलाई अल्ट्राभाएलेट किरणबाट पहिचान गर्न सकिन्छ। परीक्षणका लागि पाँच सय वटा त्यस्ता छुवाइविरूद्धका स्ट्याम्प बिक्रीमा राख्दा ३० मिनेटमै सबै सकिएका थिए।

सन् २००७ मा जापानमा करिब २ हजार ९ सय ४३ यौन हिंसाका घटना रिपोर्ट भएको थियो। त्योबाहेक रिर्पोट नलेखाउने पीडित महिलाको संख्या झन कति छ कति। सर्भेका अनुसार आधाभन्दा बढी महिलाले त्यस अवस्थाको शिकार बन्नु परे पनि १० प्रतिशतले मात्रै प्रहरीलाई रिपोर्ट गर्छन्। कोही डर र संकोचका कारण बाहिर ल्याउदैनन् भने कोही स्कूल वा कार्यालयका लागि ढिला हुने कारण समय खेर फाल्न चाहन्नन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ