२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतको तीन किलोमिटर सडकमा चाँदीको बर्षा, नेपालबाट पुगेको हुनसक्ने

२०७६, २२ कार्तिक शुक्रबार ०६:३२

कार्तिक २२, एजेन्सी | भारतको तीन किलोमिटर सडक क्षेत्रमा चाँदी बर्सिएको छ | सीतामढी जिल्लास्थित सुरसन्डको ग्रामिण इलाकास्थित तीन किलोमिटर सडकखण्डमा चाँदी वर्षिएको हो | चादी छरीए पछि सडकमा मानिसहरुको बुधबार बिहानै चहलपहल सुरु भएको हो | स-साना  टुक्रा टिप्नका लागि मानिसहरु सडकमा जामा भए | उक्त चाँदी परीक्षणका क्रममा शुद्ध पाइएको छ |

यति धेरै चादी सडकमा भेटिए पछि स्थानीय प्रशासनले समेत छानबिन अघि बढाएको छ | भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मंगलबार राति नै सडकमा चाँदी भेटिएको थियो | राति देखीनै मानिसहरु  चाँदी  टिप्नका लागि सडकमै थिए |


स्थानीयले सडकमा कुल ५० किलोभन्दा बढी चाँदी फेला पारेको बताइन्छ । सडकमा खोज्नेहरुले प्रतिव्यक्ति १०० ग्रामदेखि दुई किलोसम्म चाँदी बटुलेको चर्चा छ | सडकमा यतिधेरै चाँदी कहाँबाट आयो भन्नेबारे प्रष्ट हुन सकेको छैन । स्थानियले बताइए अनुसार नेपालबाट तस्करहरुले ल्याएको चाँदी सडकमा छरिएको हुन सक्छ | बोरामा हालेर ल्याएको चाँदी चुहिएर सडकमा छरिएको हुन सक्नेमा स्थानीय प्रशासन पनि सहमत देखिन्छ ।नेपालको धनुषा र महोत्तरी जिल्लाबाट सुरसन्डमा व्यापारिक कारोबार हुने गरेको छ | नेपालका यिनै दुई जिल्ला हुँदै तस्करहरुसमेत सुरसन्डबाट भारतीय सामान ल्याउने तथा नेपालबाट सुन–चाँदी लगायतका सामान तस्करी गर्दै आएका छन् |

तस्करहरुले राति मोटरसाइकलमा सामान तस्करी गर्दै आएका छन् | नेपालबाट तस्करी गरी ल्याइएको चाँदीको बोरा चुहिएर सडकमा छरिएको हुन सक्ने सुरसन्डका बासिन्दा बताउँछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने