Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डेढ दर्जन बढी बिद्यार्थी नेताहरु पक्राउ, किरातीद्वारा यथासक्य रिहाईको माग

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २४, काठमाडौँ | भारतको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग मिचिएपछि सुरु भएको विरोध प्रदर्शनका क्रम अझै जारी छ ।

भारतले नेपालको सिमा अतिक्रमण गरेको विरोधमा बिद्यार्थीहरुले काठमाडौँको माइतीघरमा गरेका पर्दर्शनको क्रममा प्रहरीले बिभिन्न राजनीतिक दल सम्बद्ध डेढ दर्जन बढी बिद्यार्थी नेताहरुलाई पक्राउ गरेको माओवादी केन्द्रका नेता पासाङ तामाङले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी लगायत बिद्यार्थी नेताहरु पक्राउ परेका हुन् । राष्ट्रिय स्वाधिनता र सिमा रक्षाको लागि आन्दोलनमा उत्रिएका बिद्यार्थी नेताहरुलाई प्रहरीले  पक्राउ गरेपछि माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातिले यथासक्य रिहाईको माग गरेका छन् । उनले आफ्नो सिमा मिचिदा सरकार मौन बस्नु गम्भीर बिषय रहेको भन्दै सरकारलाई झकझक्याउन र भारतलाई दवाव दिन बिद्यार्थी नेताहरुले आन्दोलन गरेको बताए ।

भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका बिद्यार्थी नेताहरुलाई प्रहरीले नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेताहरु पक्राउ परेको भनेपनि उक्त पर्दर्शनमा बिभिन्न राजनीतिक दलका संयुक्त बिद्यार्थीहरुको संलग्नता रहेको बुझिएको छ । प्रहरीले पक्राउ परेका बिद्यार्थी नेताहरुलाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखेको छ ।

माओवादी केन्द्रको बिज्ञप्ति हेर्नुहोस्