२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी गर्नुहोस् आफ्नो मोबाईल फोनको सुरक्षा

२५ कार्तिक २०७६, सोमबार ०६:३३

कार्तिक २५, एजेन्सी | लामो समय चार्ज नगर्नुस : मोबाइल फुल चार्ज भइसकेपछि चार्जबाट तुरुन्त निकाल्नुपर्छ । धेरैले जतिवेला पनि चार्जमा राखेको पाइन्छ । धेरै समय चार्जमा राख्दा मोबाइल पड्किने डर हुन्छ । मोबाइल चार्ज गरिसकेपछि स्पिच अफ गरेर राख्नुपर्छ ।

ब्याक साइड: स्मार्टफोनको डिस्प्लेबाहेकको भागलाई पनि उत्तिकै सुरक्षित राख्नु आवश्यक पर्छ । पछाडिको भाग नकोरियोस् वा नफुटोस् भनेर ब्याक कभर प्रयोग गर्नुपर्छ । ब्याक कभरले स्मार्टफोनलाई सुरक्षित र आकर्षक दुवै बनाउँछ । मोबाइल फोनको साइजअनुसार टिपिक्क मिल्ने कभर  प्रयोग गर्नुपर्छ । खुकुलो कभर फुत्किने पनि डर हुन्छ ।

डिस्प्लेको सुरक्षा गर्नुहोस :कुनै पनि स्मार्टफोनको डिस्प्ले निकै संवेदनशील हुन्छ । डिस्प्लेको सानो भाग फुट्यो वा कोतरियो भने पनि नराम्रो देखिन्छ । डिस्प्ले सुरक्षाका लागि विभिन्न प्रकारका प्लास्टिकका खोल पाइन्छ । यस्ता खोलले डिस्प्ले फुट्न वा स्क्र्याच हुनबाट जोगाउँछ ।

चोरी हुनबाट यसरी जोगाउने :यो कुरा यथार्थ हो कि बहुमूल्य सामग्री सबैको आँखामा परेको हुन्छ । अर्कोतर्फ मोबाइल हराउनुको अर्थ त्यहाँ भएका गोप्य कागजात र अभिलेख गुम्नु पनि हो । तसर्थ, मोबाइलधनीले समयमै सावधानी अपनाउन आवश्यक छ । चोरीबाट जोगाउन स्मार्टफोनमा रहेको एन्ड्रोइड डिभाइस म्यानेजरलाई एक्टिभ बनाउनुपर्छ, ताकि फोन हराउँदा कहाँ लगिएको छ भन्ने स्थान पत्ता लगाउन सकियोस् । कतिपय स्मार्टफोनमा गुगल ‘साइन इन’ हुन्छ, जसबाट हराएको मोबाइल तत्कालै फेला पार्न सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह