2026-07-25 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप

कात्तिक २५, काठमाडौँ | आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  

गाडी र घरका सिसा तोडफोडमा संलग्न पक्राउ 

पार्किङ गरी राखिएको सवारी साधन तथा घरको सिसा तोडफोड गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–११ प्रगति चोक बस्ने रामेछाप रामपुर नगरपालिका–५ घर भएका २० वर्षीय प्रकाश तामाङ र सोही ठाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका–११ का २० वर्षीय निमा शेर्पा रहेका छन् । 

काठमाडौँ महानगरपालिका–६ सरस्वती नगरदेखि बूढानीलकण्ठ नगरपालिका–११ कपन पयौंँटारसम्म पार्किङ गरी राखेका सवारी साधन र सोही क्षेत्रमा रहेको घरका सिसा तोडफोड गर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई आजै अहिले महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक