पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २६, काठमाडौँ | सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् ।

विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट विज्ञापन गर्नसमेत नपाइने प्रावधान राखेको छ ।

यसको प्रत्यक्ष प्रभाव मंसिर १४ मा हुने उपनिर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्नेछ । विगतमा उम्मेदवारहरुले एसएमएसबाट भोट माग्ने प्रथा बसेको थियो ।

ऐनले व्यापारिक प्रवद्र्धनका लागि सामूहिक एसएमएस र इमेल पठाइने बढ्दो प्रचलनलाई रोक लगाएको छ । यद्यपि, अहिले प्रचलनमा रहेको सामाजिक सञ्जालबाट हुने विज्ञापनका विषयमा भने यो विद्येयक मौन छ ।

- यो समाचार आजको राजधानी दैनिकमा छ ।