2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

कार्तिक २७, एजेन्सी | भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अत्याधिकरुपमा बढेको मौसम विज्ञहरुले बताएका छन् | बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् |

प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ ।  यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो ।  

हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदुषणको मात्रा यति धेरै पुगेको ती समाचारहरुमा बताइएको छ । बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीहरुले जनाएका छन् । 

उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ । त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्युआईलाई कमजोर मानिन्छ ।  त्यसैगरी ३०० देखि ४०० सम्म एक्युआईलाई अति कमजोर र ४०० देखि ५०० एक्युआईलाई कडा अर्थात एकदमै खराब मानिन्छ । 

अनि ५०० भन्दा बढी एक्युआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रुपमा लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रहरुमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ । 

वायु प्रदुषणको यस्तो अवस्थाका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरू आइरहेका पनि समाचारमा जनाइएको छ । 

 नयाँ दिल्ली र यहाँको वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । विगतका केही हप्तादेखि नै यहाँ सडक र वरपरको क्षेत्रका निर्माण कार्यहरू ठप्प छन् भने अरू दैनिक आवश्यकताका वस्तुहरूको परिपुर्तिमा समेत अप्ठेरो परिरहेको छ । भारतको राजधानी नयाँ दिल्लीमा अघिल्ला वर्षहरुजस्तै यस पटक पनि चिसो मौसमको शुरुमै दिल्लीको आकाशको मौसममा खराबी देखिन थालेको हो । 

यहाँको वायु प्रदूषित भएकोले उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै केही दिनका लागि विद्यालयहरू पनि बन्द गरिएको बताइएको थियो । यसका कारण बालबालिकालाई बढी असर पर्ने बताइएको छ । उनीहरुमा फोक्सोमा असर पार्ने भन्दै विद्यालयहरू बन्द गरिएको हो । 

त्यसैगरी सबै नागरिकलाई पनि स्वासप्रस्वासका साथै मुटुमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै गम्भीर स्वास्थ्य खतरा देखिएको बताइएको छ । यस मौसममा नयाँ दिल्लीको आकाशमा सवारीसाधनहरूको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदूषण, कृषिजन्य उद्योगहरूबाट निस्किएको प्रदूषित मात्राका कारण यहाँको वायु प्रदुषित हुने गरेको बताइएको छ ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै वायु प्रदुषण हटाउन आवश्यक पहल गरिएको बताएका छन् ।  दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य सङ्गठनले बनाएको मानकभन्दा २० गुणा सम्म बढी भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 

विश्व स्वास्थ्य सङ्गठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा वायु प्रदूषण हुन लागेको धेरै वर्ष भएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।  यहाँका मौसमविद्हरूले पनि प्रदूषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताएका छन् । 

नयाँ दिल्लीको जनसङ्ख्या चार करोड ५० लाख रहेको छ । भारतीय राजधानी शहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न यहाँको सरकारलाई निकै सकस परिरहेको छ ।  नयाँ दिल्ली सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा केही दिन यतादेखि यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । सवारी साधनबाट हुने प्रदुषणको मात्रालाई रोक्न यस्तो नियम बनाएको भए पनि यसबाट प्रदुषण घट्न नसकिरहेको बताइएको छ ।

यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई