२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोख भाडामा दिँदा ज्योति परिवारलाई ठूलो धक्का

२८ कार्तिक २०७६, बिहीबार ०३:२४

कात्तिक २८, काठमाडौँ | नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट सञ्चालित ग्रान्डी सिटी अस्पताल सक्रिय रहेको र सरकारबाट कारबाही चलाएपछि सो कार्य बन्द गर्न बाध्य भएदेखि नै यस घरानाको प्रतिष्ठामा धक्का लागेको हो।

२०७२ असोजको दोस्रो साता नाम चलेका निजी अस्पताल र सरकारका तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीसमेतको टोली नराम्ररी विवादमा मुछिएपछि कारबाही अघिबढाइएको थियो।

त्यतिबेला नेपाललाई ‘हेल्थ टुरिजम’को ‘हब’ बनाउने भन्दै नेपालमा निजीक्षेत्रबाट सञ्चालित नाम चलेका केही अस्पतालले कानुन विपरीत सरोगेसी सेवा सञ्चालन गरे। यस विषयमा चौतर्फीरूपमा व्यापक आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन नै गरेको थियो।

अनुगमनका क्रममा यस्तो गैरकानुनी धन्दा सञ्चालनमा जमलमा रहेको ग्रान्डी सिटी अस्पताल पाइएको प्रतिवेदन रिपोर्टमा उल्लेख गरिएको थियो। प्रतिवेदनमा उक्त अस्पतालमा १ सय ८० जना सेरोगेट मदर रहेको मन्त्रालयसमक्ष स्वीकारेको समेत उल्लेख गरिएको थियो।

सोही बेला डेढ महिनाका जस्ता देखिने शिशु बोकेर स्वास्थ्य मन्त्रीलाई भेट्न मन्त्रालय पुगेका तीन अस्ट्रेलियाली नागरिकले ग्रान्डी इन्टरनेसनल हस्पिटलमा बच्चा जन्मेको बताई अन्य अस्पतालमा पनि सरोगेसी सेवा दिइरहेको खुलासा गरेका थिए। 

- यो समाचार आजको नेपाल समाचारपत्रमा   छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन