Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यी बालक ९ वर्षको उमेरमै इन्जिनियरिङमा स्नातक उत्तीर्ण गर्दै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १, एजेन्सी | बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् | लरेन्ट सिमोन नाम गरेका यी बालक कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् | इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत उनको स्नातक पढाइ आउँदो डिसेम्बरमा सकिँदैछ |

उनी स्नातकपछि इलेक्ट्रिकल इन्जिनियरिङमै पीएचडी गर्ने योजनामा छन् | पीएचडीसँगसँगै लरेन्टले मेडिकल डिग्री पनि अघि बढाउने सिमोनका पिताले बताए | अभिभावक लिडिया र एलेक्जेण्डर सिमोन्सले आफ्ना आमाबुबाबाट छोराको प्रतिभाबारे सुन्दा सुरुमा नपत्याएको बताएका छन् | पछि लरेन्टका शिक्षकले पनि उनको प्रतिभाबारे पुष्टि गरेका थिए | विश्वविद्यालयमा भर्ना गर्नु अघि लरेन्टलाई कयैन जाँच लिइएको थियो |

उनका आमाबुवा दुवै चिकित्स भए नि ती आफ्नो बच्चाको असाधारण प्रतिभाबारे व्याख्या गर्न सकिरहेका छैनन् | लरेन्टको ज्ञान हासिल गर्ने क्षमता तीव्र भए पनि उनको अभिभावक उनलाई उमेर अनुसार रमाइलो गराउन पनि ध्यान दिएको बताए |

लरेन्टका अनुसार उनको जीवनको लक्ष कृतिम अंग निर्माण गर्नु छ | स्नातकपछिको अध्ययनको लागि अहिले नै कयैन प्रतिष्ठित विश्वविद्यालयबाट उनलाई प्रस्ताव आइसकेको छ | भावि अध्ययन सुरु गर्नुअघि उनी जापानमा विदा मनाउने योजनामा छन् |