२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३औँ दक्षिण एशियाली खेलकूदमा नेपालको लक्ष्य ५० स्वर्ण पदक

२०७६, १ मंसिर आईतवार १५:१२

मुना कार्की, मङ्सिर १,काठमाडौँ । नेपालमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ५० स्वर्णपदक जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता आयोजनासँगै नेपालले प्रदर्शनमा सुधार ल्याउने सरोकारवालाले अपेक्षा गरेका छन् । 

नेपालले आठौँ साफमा सबैभन्दा राम्रो नतिजा हासिल गरेको थियो । त्यसयता नेपालले उत्कृष्ट नतिजा ल्याउन सकेको छैन । सन् १९९९ मा घरेलु मैदानमा भएको साफमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो । नेपालले आयोजकका नाताले तेक्वान्दो र कराते खेललाई प्रतियोगितामा समावेश गरेको थियो । कराते र तेक्वान्दोबाट समान १४/१४ स्वर्ण जितेको थियो । नेपाल कूल ३१ स्वर्ण, १० रजत र २४ कांस्यसहित ६५ पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको थियो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेश सिलवालले घरेलु मैदानमा आयोजना गरिने १३औँ सागमा ५० स्वर्णपदक जित्दै सागलाई ऐतिहासिक बनाउने लक्ष्य लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “साग खेलकूद एउटा प्रतियोगिता मात्र नभएर नेपाललाई विश्वमा चिनाउने माध्यम पनि हो । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश दिनु पनि हो । त्यसैले सबै मिलेर सागलाई सफल पारौँ ।” उहाँका अनुसार साग तयारीका लागि भलिबल, कराते, तेक्वान्दोलगायत २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको छ भने नेपालमै रहेका अधिकांश खेलका खेलाडीलाई विदेशी प्रशिक्षक ल्याएर प्रतियोगिताका लागि तयार गरिँदै छ ।   

सन् १९८५ मा बंगलादेशको ढाकामा भएको दोस्रो संस्करणमा नेपालले एक स्वर्ण, ९ रजत र २२ कास्य पदक  पाँचौँ स्थानमा चित्त बुझाएको थियो । ढाकामा धावक बैकुण्ठ मानन्धरले जितेको स्वर्ण नै नेपालको पहिलो पदक थियो ।  त्यसअघि सन् १९८३ मा काठमाडौँमा आयोजना भएको पहिलो संस्करणको सागमा एथ्लेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यतिबेला नेपालबाट एक सय पाँच खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा नेपालले चार स्वर्ण, १२ रजत र आठ  कास्य जित्दै चौथो स्थान हासिल गरेको थियो ।

यस्तै भारतको कोलकातामा सन् १९८७ मा सम्पन्न साफको तेस्रो संस्करणमा नेपाल पाँचौँ भएको थियो । नेपालले दुई स्वर्ण, सात रजत र ३३ कास्य पदक जितेको थियो । पाकिस्तानको इस्लामाबादमा सन् १९८९ मा सम्पन्न चौथो साफमा नेपाल एक स्वर्ण, १३ रजत र ३२ कास्यसहित चौथो स्थानमा रह्यो । श्रीलङ्काको कोलम्बोमा सन् १९९१ मा पाँचौँ संस्करण हुँदा नेपालले दुई स्वर्ण, आठ रजत र ३० कास्यसहित पाँचौँ स्थान हासिल गरेको थियो । 

बंगलादेशमा सन् १९९३ मा भएको साफमा नेपाल एक स्वर्ण, छ रजत र १५ कास्यसहित पाँचौँ स्थानमा रह्यो । भारतको मद्रासमा सन् १९९५ मा सम्पन्न सागमा नेपालले चार स्वर्ण, आठ रजत र १६ कास्य पदक जित्दै पाँचौँ स्थान हासिल ग¥यो । पाकिस्तानको इस्लामावादमा सन् २००४ मा नवौँ साफमा नेपालले सात स्वर्ण, छ रजत र नौ कास्य जितेर चौथो स्थानमा चित्त बुझाएको थियो । श्रीलङ्काले सन् २००६ मा १०औँ साग आयोजना ग¥यो ।

यही संस्करणदेखि उक्त प्रतियोगिता दक्षिण एशियाली खेलकूद (साग) मा रुपान्तरण भयो । कोलम्बोमा भएको प्रतियोगितामा नेपालले नौ स्वर्ण, १५ रजत र ३१ कास्य जितेर चौथो स्थान हासिल गरेको थियो । दोहोरो स्वर्ण जितेका राजेन्द्र भण्डारी डोपिङ परीक्षणमा असफल भएपछि नेपालले दुई स्वर्ण गुमाउनु परेको थियो ।

सन् २०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११औँ संस्करणको सागमा नेपालले आठ स्वर्ण, नौ रजत र २० कास्य जित्दै पाँचौँ स्थानमा चित्त बुझाएको थियो । भारतमा सम्पन्न  १२औँ संस्करणको सागमा भने नेपाल छैटौँ स्थानमा रह्यो । नेपालले तीन स्वर्ण, २३ रजत र ३४ कास्य मात्र जित्यो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ यसपटकको सागमा सबै राष्ट्रले सहभागिता जनाएको बताउनुहुन्छ ।  तेह्रौँ सागमा २७ खेल (बिच भलिबल र थ्री अन थ्री बास्केटबल)समेत गरी कुल २९ खेल समावेश गरिएको छ ।

दुई दशक अघि आठौँ साफमा १२ खेल समावेश गरिएको थियो । सागमा तीन हजारभन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता काठमाडौँसहित पोखरा र जनकपुरमा आयोजना हुनेछ । काठमाडौँमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । फुटबल, भलिबल र क्रिकेटका खेल पोखरा र काठमाडौँमा हुनेछन् । प्रतियोगितामा कुल तीन सय २४ स्वर्ण, तीन सय २४ रजत तथा चार सय ८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । 

सरकारले १३औँ सागका लागि झण्डै रु साढे चार अर्ब बजेट छुट्टयाएको छ । पूर्वाधार निर्माणका लागि रु एक अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि रु तीन अर्ब ६५ करोड बजेट रहेको छ । विसं २०७२ मा गएको भूकम्पका कारण क्षति भएको खेल मैदान निर्माण तीव्र गतिमा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, पोखरा रङ्गशाला, सातदोबाटोस्थित स्वीमिङ पुललगायत संरचजना पुनःनिर्माण  एक हप्ता भित्र तयार हुने यूवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताउनुभयो । “पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ