2026-08-26 05:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठकुरीलाई चौथो र पाँचौ बिश्व गिनीज किर्तिमान प्राप्त

विजय थापा | मङ्सिर ३, काठमाडौँ | अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ३ पटक बिश्व किर्तिमान कायम गर्न सफल कराते खेलाडी उज्ज्वल ठकुरीले चौथो र पाँचौ बिश्व गिनीज (*रेकर्ड )किर्तिमान प्राप्त गर्न सफल भएका छन् । 

५ औ पटक बिश्व किर्तिमान गरे पछि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले प्रशंसा पत्र द्वारा किर्तिमानधारी ठकुरीलाई सम्मान गरेका छन् । राजदुत कार्कीले हामी उनलाई समर्थन गर्छौ र छैठो बिश्व किर्तिमानको लागि पनि शुभकामना दिएका छन् ।

ठकुरीले तीन फरक वर्गका उनले ५ वटा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् । गत सेप्टेम्बर २२, २०१९ मेरिल्याण्ड बाल्टिमोरको नेपाली संस्था बानाले आयोजना गरेको सडक महोत्सवमा २०२० नेपाल भ्रमण बर्षलाई प्रवर्द्धन गर्न आयोजना गरिएको कार्यक्रममा उज्ज्वल ठकुरीले गरेको प्रस्तुतिले उनलाई पाँचौ बिश्व किर्तिमान अभिलेख (रेकर्ड )राख्न सफलता मिलेको हो ।

ठकुरीले उक्त अभिलेख( रेकर्ड ) चार फिट माथि ७१ वटा अण्डा प्लास्टिक झोलामा झुन्ड्याईएको थियो । उक्त सबै अन्डालाई एक मिनेटमा एउटा एउटा गरि उनले फोडेका थिए ।

ठकुरीले एक मिनेटमा ६८ वटा अण्डा लात्ती प्रहार गरि फुटाएर बिश्व किर्तिमान राख्न सफल भएका छन् । त्यो भन्दा अगाडी ठकुरीले ६४ वटा अण्डा फुटाई सकेका थिए तर कारणबस प्रमाण पत्र दिएको थिएन । 

यस पटक एकै चोटी दुवै रेकर्ड(किर्तिमान )को प्रमाण पत्र प्राप्त गर्न सफल मात्र भएनन ,उनले बिश्व रेकर्ड(अभिलेख)मा रहेको एक मिनेटमा ५३ वटा अण्डा फोडेको पुरानो किर्तिमानलाई तोडेका छन् । 

ठकुरीले पहिलो र दोश्रो विधामा खुट्टा फाडेर (फांग) गरेर ६३.४३ र ६४.६३ केजी उठाएर सन् २०१७ मा दुई पटक किर्तिमान राख्न मात्र सफल भएनन कि २१ पटक बिश्व किर्तिमानधारी भएको रब भ्यानडम नाम भएको प्रख्यात पहलवान (रेस्लर )खेलाडीको किर्तिमान तोडेका थिए ।

ठकुरीको तेश्रो किर्तिमान सन् २०१८ मा ४ फिट माथि ३ मिनेट भित्र २ सय २६ पटक घुँडा प्रहार भारतले राखेको बिश्व किर्तिमान तोडेका थिए । त्यस्तै गरि ठकुरी ले २०१८ मै चौथो बिश्व रेकर्ड १ मिनेटमा ६४ अण्डा फोड्न सफल भएका थिए तर प्रमाण पत्र प्राप्त गरेको थिएन ।

ठकुरी निराश भएनन बरु २०१९ त्यो भन्दा राम्रो किर्तिमान १ मिनेटमा ६८ वटा अण्डा फोडेर दुवै किर्तिमान (रेकर्ड )र प्रमाण पत्र हासिल गरेका छन् ।

मार्शल आर्ट खेलमा बिश्व प्रसिद्ध राष्ट्रहरु कोरिया,चीन,जापान जस्ता देशले यो किर्तिमान राख्न सकेका छैनन् जब कि कराते र मार्शल आर्ट्स (युद्ध कला ) जस्ता निर्माणकर्ता र संस्थापक यि बिकसित देश हुन्  ।

ठकुरी अमेरिका र नेपाल देशको पहिला नेपाली कराते खेलाडी हुन् जस्ले सन् २०१७ ,२०१८ ,२०१९ मा लगातार ३ वटा छुट्टा छुट्टै विधामा तिन वटा राज्य भर्जिनिया ,मेरिल्याण्ड र ओहायोमा बिश्व किर्तिमान राख्न सफल भएका छन् ।

उनले अझै किर्तिमान राख्नबाट बिश्राम नलिने बताए । उनले अर्को बिश्व किर्तिमानको लागी प्रतिक्षा रहन सबैमा आग्रह समेत गरेका छन् । दुइ ह्याट्रिक ( ६ वटा )  बनाउने कुरामा दृढ छन् ।

अहिले सम्म यो यात्रा सम्म आफूलाई माया गर्ने र प्रोत्साहन गर्ने सबैमा धन्यबाद दिन चाहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग