2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड मंसिर २७ मा हुँदै

मङ्सिर ७, काठमाडौं | रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मंसिर २७मा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको हो । 

रेडियो कान्तिपुरले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्दैछ । यो वर्ष नेशनल म्युजिक अवार्डको नाम डिस होम प्रेजेन्ट्स गर्दछ रेडियो कान्तिपुर नेशन म्युजिक अवार्ड पावर्ड बाई सानिमा बैङ्क इन एशोसियसन विथ बाबा सनफ्लावर आयल रहेको रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसीले जानकारी गराए ।

कार्यक्रममा डिसहोमका डिजीएम सञ्जय राजभण्डारी र सानिमा बैङ्कका चिफ डिपोजिट अफिसर बोबी सिंह गडतौलाले आफूहरुले कान्तिपुर नेशनल म्युजिक अवार्डसँग सहकार्य गरेको बताउँदै यो अवार्डले गीत सङ्गीतका स्रष्टाहरुलाई अझ हौसाला प्रदान गर्ने बताए ।

अवार्ड प्रदान गरिने विधाहरुमा उत्कृष्ट नवगायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहरी गायक/गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक/गायिका रहेका छन् । त्यस्तै गीत सङ्गीतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएका एकजना मुर्धन्य सङ्गीतसाधकलाई लाईफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

लाईफ टाइम एचिभमेन्ट अवार्डको पुरस्कारको राशि एकलाख रुपैयाँ समेतको रहेको छ । त्यस्तै पिपल्स च्वाइस् अवार्डको चयन स्रोताको सहभागिता गरिने र अवार्ड कार्यक्रममा सङ्गीतका १५ विधा र लाइफ टाइम एचिभमेन्टसँगै उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिने डिसीले जानकारी गराए ।

डिसीका अनुसार वर्षभर प्रसारण भएका गीतहरुबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट मध्ये पाँच जनाको मनोनयन छान्न बरिष्ठ गीतकार चुडामणि देवकोटा, गायिका कुन्ती मोक्तान र सङ्गीतकार सुरेश अधिकारीको जुरी निर्माण गरिएको थियो  ।

अवार्ड कार्यक्रमको सेलिब्रेसन पार्टनरहरुमा सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई लाइफ इन्सुरेन्स, कनेक्ट आईपीएस ई-पेमेन्ट सिस्टम, गुडलाईफ बिस्कुट, टु पीएम नुडल्स, प्योरेक्स लन्ड्री सोप, केएनपी पेन्ट्स र जेजे ज्वेलर्स् रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो