३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड मंसिर २७ मा हुँदै

७ मंसिर २०७६, शनिबार ०२:१९

मङ्सिर ७, काठमाडौं | रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मंसिर २७मा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको हो । 

रेडियो कान्तिपुरले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्दैछ । यो वर्ष नेशनल म्युजिक अवार्डको नाम डिस होम प्रेजेन्ट्स गर्दछ रेडियो कान्तिपुर नेशन म्युजिक अवार्ड पावर्ड बाई सानिमा बैङ्क इन एशोसियसन विथ बाबा सनफ्लावर आयल रहेको रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसीले जानकारी गराए ।

कार्यक्रममा डिसहोमका डिजीएम सञ्जय राजभण्डारी र सानिमा बैङ्कका चिफ डिपोजिट अफिसर बोबी सिंह गडतौलाले आफूहरुले कान्तिपुर नेशनल म्युजिक अवार्डसँग सहकार्य गरेको बताउँदै यो अवार्डले गीत सङ्गीतका स्रष्टाहरुलाई अझ हौसाला प्रदान गर्ने बताए ।

अवार्ड प्रदान गरिने विधाहरुमा उत्कृष्ट नवगायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहरी गायक/गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक/गायिका रहेका छन् । त्यस्तै गीत सङ्गीतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएका एकजना मुर्धन्य सङ्गीतसाधकलाई लाईफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।


लाईफ टाइम एचिभमेन्ट अवार्डको पुरस्कारको राशि एकलाख रुपैयाँ समेतको रहेको छ । त्यस्तै पिपल्स च्वाइस् अवार्डको चयन स्रोताको सहभागिता गरिने र अवार्ड कार्यक्रममा सङ्गीतका १५ विधा र लाइफ टाइम एचिभमेन्टसँगै उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिने डिसीले जानकारी गराए ।

डिसीका अनुसार वर्षभर प्रसारण भएका गीतहरुबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट मध्ये पाँच जनाको मनोनयन छान्न बरिष्ठ गीतकार चुडामणि देवकोटा, गायिका कुन्ती मोक्तान र सङ्गीतकार सुरेश अधिकारीको जुरी निर्माण गरिएको थियो  ।

अवार्ड कार्यक्रमको सेलिब्रेसन पार्टनरहरुमा सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई लाइफ इन्सुरेन्स, कनेक्ट आईपीएस ई-पेमेन्ट सिस्टम, गुडलाईफ बिस्कुट, टु पीएम नुडल्स, प्योरेक्स लन्ड्री सोप, केएनपी पेन्ट्स र जेजे ज्वेलर्स् रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली