2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहपछि पनि श्रीमतीले प्रेमीलाई बिर्सन नसके पछि श्रीमानले दुबैको बिवाह गरिदिने

मंसिर ९, एजेन्सी | छिमेकि मुलुक भारतको मध्यप्रदेशको राजधानी भोपालमा एक सफ्टवेर  इन्जिनियरले श्रीमतीलाई प्रेमीसँग विवाह गराइदिनका लागि सम्बन्धविच्छेद गर्ने बताएका छन् | स्थानीय सन्चार माध्यममा जनाइए अनुसार मुकेश र अलका (काल्पनिक नाम) को सात वर्ष अघि विवाह भएको थियो | 

यिनीहरुका दुई सन्तान पनि छन् | राम्रो संग सम्बन्ध चलिरहेका बेला अलकाको जीवनमा आफ्नो पुराना प्रेमीको आगमन भएपछि श्रीमान श्रीमतीबीचको दुरी बढ्दै गएको हो | अलका र ती युवकबीच अन्तर्जातीय प्रेम रहेकाले उनका पिता उनीहरुको विवाहका लागि तयार नभएकोले अलकाको इच्छाविपरित विवाह भएको बताइएको छ | 

श्रीमान्–श्रीमतीबीचको दुरी कम गर्नका लागि दुईजनाको काउन्सिलिङ गराइयो । तर यति गर्दा पनि उनीहरुबीचको सम्बन्ध सामान्य हुन नसकेको बताइन्छ । श्रीमान् मुकेशले काउन्सिलरलाई लाखौं कोसिसका बाबजुद अलका आफूसँग खुसी नभएको बताए । अलकाले प्रेमीलाई असाध्यै मन पराउने र केही गरी पनि बिर्सन नसकेको मुकेशले बताए । अलकाले पनि काउन्सिलिङको क्रममा आफ्नो पहिलो प्रेमलाई बिर्सन नसकेको स्विकार गर्दै आफू प्रेमीसँग नै बस्न चाहेको स्विकारिन् । मुकेशले यदि बच्चालाई राख्न नचाहे उनीहरुलाई आफैसँग राख्ने पनि उनले बताइन् |

त्यसपछि फ्यामिली कोर्टमा मुकेशले आफ्नी श्रीमती अलकाको विवाह प्रेमीसँग गराइदिने बताए । त्यसपछि सम्बन्धविच्छेदका लागि पनि निवेदन दिए । काउन्सिलर शैल अवस्थी पनि यो प्रेमकथा सुनेर अचम्ममा परेको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई