२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यकर्ताले नेतालाई लात्ता हानेर झाडीमा फालेपछि..

२०७६, ९ मंसिर सोमबार ११:३२

मंसिर ९, एजेन्सी | छिमेकि मुलुक भारतमा कार्यकर्ताले नेतालाई लात्ता हानेर झाडीमा फालेका छन् | पश्चिम बंगाल राज्यका भारतीय जनता पार्टी (भाजपा)का उपाध्यक्षलाई कुटपिट गरिएको छ | करिमनगरमा विधानसभाको उपनिर्वाचनका लागि मतदान भइरहेको अवस्थामा चुनाव उठेका उपाध्यक्ष जोय प्रकाश मजुमदरलाई एक मतदान केन्द्रनजिकै कुटपिट गरिएको छ |

उनलाई क्षेत्रीय दल तृणमूल कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको बताइएको छ | मतदान भइरहेको ठाउँमा प्रवेश गर्न खोजेपछि टिएमसीका कार्यकर्ताले ‘फर्केर जाऊ’ भन्दै नारा लगाएका थिए | त्यसपछि केही कार्यकर्ताले मजुमदरलाई धकेलेर लात्ताले हानेको भिडिओ सार्वजनिक भएको छ। प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठीचार्ज गरेको थियो। तृणमूलका नेताहरूले मजुमदरले शान्त वातावरण बिगारेको आरोप लगाएका छन् |

भाजपाका नेता मुकुल रायले निर्वाचन आयोगलाई पत्र लेखेर आक्रमणबारे जानकारी गराएका छन् | ‘मजुमदरलाई ५० टिएमसीका कार्यकर्ताले घरेर लात्ताले हाने’ उनीहरूलाई कारबाही हुनुपर्छ,’ उनको पत्रमा भनिएको छ | तृणमूल कंग्रेसका सासंद परमनाथ रोयको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन गराइएको थियो | निर्वाचनको मत परिणाम मंगलबारसम्म आइसक्ने भारतीय सञ्चार माध्ययमले जनाएको छ |



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ