२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढीगण्डकी जलविद्युत् आयोजनाः सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी

१० मंसिर २०७६, मंगलवार ११:४३

रमेश लम्साल | मङ्सिर १०, गोरखा | जिल्ला प्रशासन कार्यालय गोरखाले विधि, प्रक्रिया र कानूनअनुसार एक साताभित्र बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको मुआब्जा तय गर्ने भएको छ । 

पछिल्ला दिनमा मुआब्जा निर्धारणमा ढिलाइ भइरहेको भन्दै विरोधका स्वर सुनिन थालेका छन् । आयोजना प्रभावितले मुआब्जा निर्धारणमा ढिलाइ भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका छन् । गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले रासससँगको कुराकानीमा भन्नुभयो, “विद्यमान परिस्थितिमा कुनै बदलाव नभएको खण्डमा आगामी एक साताभित्र हामी आवश्यक निर्णय गर्छौं ।” 

मुआब्जा निर्धारण नभएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रियसभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डेलगायतले यही मङ्सिर ५ गते जिल्ला प्रशासन कार्यालयमा विरोधस्वरुप धर्नामा बस्नुभयो । त्यस्तै विरोध धादिङमा समेत भयो । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार मुआब्जा निर्धारणको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । आयोजना प्रभावित गोरखाको अन्य स्थानको मुआब्जा निर्धारण भई वितरण भइरहेको भए पनि गोरखाको आरुघाट र आर्खे बजार एवं धादिङको खहरे बजारलगायतको क्षेत्रको निर्धारण हुन नै बाँकी छ । 

मुआब्जा शीघ्र निर्धारण गर भन्दै दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि निर्वाचित जनप्रतिनिधि नै धर्नामा बस्न थालेका छन् । स्थानीयवासीको माग र सरकारको सीमाका बीचमा उपयुक्त निर्णय गर्नुपर्ने अवस्था छ । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्वास तथा पुनःस्थापना एकाइले गर्नुपर्ने कामसमेत प्रभावकारी नभएको गुनासो स्थानीयवासीको छ । गत कात्तिकमा सकिएको सो इकाइको म्याद गत कात्तिक २९ र मङ्सिर ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुनः एक वर्षका लाथि थप गरिसकेको छ । 

चालू आर्थिक वर्षमा आयोजना प्रभावितका लागि मुआब्जा नै वितरणका लागि मात्रै रु १३ अर्ब बराबरको बजेट विनियोजन गरेको छ । मुआब्जा वितरण गर्दै जाँदा अपुग भएको खण्डमा थप बजेट उपलब्ध गराउन कुनै समस्या नरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्ट पारिसकेको छ । हालसम्म करिब रु २७ अर्ब बराबरको मुआब्जा वितरण भइसकेको छ । तर आरुघाट, आर्खेत र खहरे बजारका क्षेत्रको दुई हजार ८०० रोपनीको मुआब्जा तोकिन बाँकी छ । 

गोरखाका प्रमुख जिल्ला अधिकारी लामिछाने सरकारले कानून र विधिका आधारमा निर्णय गर्ने भएकाले अनावश्यक दबाब नै जरुरी नभएको बताउनुभयो । “आयोजना प्रभावित क्षेत्रका नागरिकलाई चित बुझाउनु नै पर्छ । उनीहरुको जीवन जोडिएको क्षेत्रका बारेमा निर्णय गर्दा कोही कसैलाई अन्याय हुन पनि दिनु भएन । हामी कानूनअनुसार एक सातामा निर्णय गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो । 

गोरखाको आरुघाट र आर्खेतमा स्थानीयबासीले आनाकै रु २५ लाख मुआब्जा माग गरेका छन् । मागअनुसार नै निर्णय गर्नसक्ने अवस्थामा सरकार छैन । प्रमुख जिल्ला अधिकारीले पनि प्रचलित मूल्यका आधारमा मात्रै सरकारी दरअनुसार निर्णय गर्नुपर्ने अवस्था छ । “माग र आपूर्तिको सन्तुलन मिलाएर निर्णय गर्ने तयारीमा हामी छौँ, सबैले अपनत्व गर्ने खालको निर्णय हुन्छ भन्ने मेरो विश्वास छ”, प्रमुख जिल्ला अधिकारी लामछिानेले भन्नुभयो । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको एक हजार २०० मेगावाट क्षमताको सो आयोजनाको निर्माण ढाँचा हालसम्म टुङ्गिन सकेको छैन । आयोजनाका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि शीघ्र निर्णय होस् भन्ने अपेक्षा राखेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनामा परेको गाँठो फुकाउन निरन्तर संवाद गर्दै आउनुभएको छ । 

मुआब्जा निर्धारण र वितरणको पाटो एकाइले नै गर्ने भए पनि मन्त्री नै आफैँ सोही काममा लाग्नुपरेको अवस्था छ । एकाइको काम प्रभावकारी नभएको गुनासो बेला बेलामा नआएको होइन, तर उसैलाई काम लगाउनुपर्ने र मुआब्जा वितरणमा सक्रिय बनाउनुपर्ने छ । 

मुआब्जा निर्धारणका नाममा राजनीति भइरहेको पनि केहीको बुझाइ छ । आयोजना शीघ्र निर्माणमा जाओस् र मुआब्जा निर्धारण र वितरण प्रक्रियाले गति लेओस् भन्ने आयोजना प्रभावितको माग छ । घरवास छाड्नुपर्नेले बढी माग्ने तर मालपोत र राजश्व तिर्नुपर्दा भने कम मात्रै तिर्न परोस् भन्ने चाहनाले पनि समस्या खडा गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिलीपकुमार सडौलाले आयोजनाले गति लेओस र त्यसमा मुआब्जालगायतका काम शीघ्र सकियोस् भन्ने स्थानीयवासीको चाहनाजस्तै मन्त्रालयको पनि रहेको बताउनुभयो । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङलाई स्थानीय सरोकार भएकासँग समन्वयका आधारमा आवश्यक निर्णय गर्न आग्रह गरिसकेको उहाँको भनाइ छ । 

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सोमबार मात्रै आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेको थियो । आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेका धादिङको खहरे बजार क्षेत्र र गोरखाको आरुघाट, आर्खेतलगायत स्थानीयवासीले असन्तुष्टि व्यक्त गरिरहेको र आयोजना कुन ढाँचामा निर्माण गर्ने भन्नेसम्बन्धी कुनै पनि निर्णय नभएकामा सो पार्टीले चासो व्यक्त गरेको थियो । 

आयोजानका लागि रकम जोहो गर्ने भन्दै सरकारले भन्सार बिन्दुमा नै डिजेल र पेट्रोलमा प्रतिलिटर रु पाँच पूर्वाधार कर लगाएको छ । सो करबाट कात्तिक मसान्तसम्म रु ३८ अर्ब रकम जम्मा भएको छ । स्थानीयवासीको माग सम्बोधन गर्दै आयोजनालाई शीघ्र निर्माणमा लैजाने सरकारको तयारी छ । फ्रान्सेली कम्पनी ट्याक्टबेलले सन् २०१४ मा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी सरकारलाई बुझाइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य