२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा ट्रिपर दुर्घटना, १३ घाईते ३ को मृत्यु

११ मंसिर २०७६, बुधबार १२:२६

रेशमराज रोकाया | मङ्सिर ११, हुम्ला | हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरीरहेको लु.४ ख ३२६९ नंबरको ट्रिपर दुर्घटना हुँदा १३ जना घाईते र ३ जनाको मृत्यु भएको छ । नेपाल खाद्य संस्थानको चामल र अन्य वन्दोवस्तीको सामान ढुवानीको साथमा यात्रु सदरमुकाम सिमकोट तिर आउँदै गरेको ट्रिपर सिमकोटको लाग्ना डाँडा नजिकै दुर्घटना भएको हो । 

चालकले अत्याधिक मदिरा सेवन गरी ट्रिपर हाँकेको पाईएको प्रारम्भिक अध्ययनले देखाएको छ । चालक काभ्रे जिल्ला बुद्धनगर पालिका वडा नं. ११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानियले कब्जामा लिई प्रहरी समक्ष पेश गरेका छन् । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं. १, हेप्का गाउँका छिरिङ्ग कर्मा तामाङ्ग, नरी लामा र खार्पुनाथ गाउँपालिका वार्ड नम्बर १ का बबरजंग शाही रहेका छन् । घाईते हुनेमा नाम्खा गाउँपालिका वडा नं. १ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ्ग, सिमकोट गाउँपालिका वडा नं. ६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, भक्त ब. रोकाया, रामकुमार रोकाया, सिमकोट वडा नं. ७ का नर सुनार, खार्पुनाथ गाउँपालिका वडा नं. ५ का धनसिँह भण्डारी, सर्केगाड गाउँपालिका वडा नं. २ का अंग फडेरा रहेका छन् । 


माथिको तश्वीरमा: दुर्घटना भएको ट्रिपर/तश्वीरः रेशमराज रोकाया

ट्रिपर मुल सडक भन्दा करिब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख राम प्रसाद घर्ती मगरले बताउनु भयो । दुर्घटना पछि ट्रिपर नजिकै रहेको विद्युत पोलमा अडिएको छ । अन्य के कति मात्रामा हताहत भए भन्ने अनुसन्धान र उद्धारको लागि प्रहरी सहायक निरिक्षक सहितको १३ जनाको टोली घटनास्थलमा रहेको छ । घाईते हुने सबैलाई जिल्ला अस्पताल, सिमकोटमा उपचार भईरहेको छ । अधिकाँश घाईतेको अवस्था गम्भिर रहेको प्रहरी प्रमुख घर्तीमगरले बताउनु भयो । घाईतेको उपचार सिमकोटमा गर्नको लागि कठिन भईरहेको छ । अधिकाँशको छाथी, टाउको र हात खुट्टा काम नलाग्ने अवस्थामा रहेको प्रहरी स्रोतले जानकारी गराएको छ ।

घाईतेको अवस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल अस्पतालमा पुग्नु भएको छ । घाईतेलाई प्रारम्भिक उपचार पछि भोली हवाई जहाजबाट नेपालगञ्ज तिर थप उपचारको लागि पठाउन लागिएको मन्त्री रावलले बताउनु भयो । दुर्घटना अबेर भएको कारण हेलिकोप्टर झिकाउनको लागि समस्या भएको समेत रावलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट