२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा आक्रमण, पन्ध्र सर्वसाधारणको मृत्यु

१२ मंसिर २०७६, बिहीबार ०७:२६

मङ्सिर १२, एजेन्सी | उत्तरी अफगानिस्तानमा तालिबान लडाकू समूहले बुधबार गरेको बारुदी सुरुङ आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी आठ बालबालिकासहित १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

स्थानीय समय अनुसार बुधबार अपराह्न ५ बजे तालिबान लडाकू समूहले बिछ्याएको बारुदी सुरुङमा सर्वसाधारणको सवारी साधन ठोक्किँदा १५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमले जानकारी दिनु भएको छ । 

ताजिकिस्तानसँग सीमा जोडिएको उत्तरी इलाकामा भएको यस आक्रमणमा परी ६ महिला, एक पुरुष र आठ बालबालिका मारिएको रहिमले बताउनुभयो । यस क्षेत्रमा तालिबानी लडाकू समूह र अमेरिकाको समर्थन रहेको अफगान सुरक्षाबलबीच नियमित झैं झडप हुने गरेको छ । 

तालिबान लडाकूहरुले सेप्टेम्बरको शुरुमा प्रान्तीय राजधानी कुन्दुजमा पनि आक्रमण गरेका थिए, तर कब्जा गर्न सकेनन् । यद्यपी तालिबानले सन् २०१५ को सेप्टेम्बरबाट केही भाग भने कब्जा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन