२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा आक्रमण, पन्ध्र सर्वसाधारणको मृत्यु

२०७६, १२ मंसिर बिहीबार ०७:२६

मङ्सिर १२, एजेन्सी | उत्तरी अफगानिस्तानमा तालिबान लडाकू समूहले बुधबार गरेको बारुदी सुरुङ आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी आठ बालबालिकासहित १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

स्थानीय समय अनुसार बुधबार अपराह्न ५ बजे तालिबान लडाकू समूहले बिछ्याएको बारुदी सुरुङमा सर्वसाधारणको सवारी साधन ठोक्किँदा १५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमले जानकारी दिनु भएको छ । 

ताजिकिस्तानसँग सीमा जोडिएको उत्तरी इलाकामा भएको यस आक्रमणमा परी ६ महिला, एक पुरुष र आठ बालबालिका मारिएको रहिमले बताउनुभयो । यस क्षेत्रमा तालिबानी लडाकू समूह र अमेरिकाको समर्थन रहेको अफगान सुरक्षाबलबीच नियमित झैं झडप हुने गरेको छ । 

तालिबान लडाकूहरुले सेप्टेम्बरको शुरुमा प्रान्तीय राजधानी कुन्दुजमा पनि आक्रमण गरेका थिए, तर कब्जा गर्न सकेनन् । यद्यपी तालिबानले सन् २०१५ को सेप्टेम्बरबाट केही भाग भने कब्जा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ